सहकारी संघ/संस्थालाई पास उपलब्ध गराउदै सहकारी विभाग

0 Shares

लकडाउनमा सहकारी संघ/संस्थाहरु सञ्चालनका लागि सहकारी विभागले पास उपलब्ध गर्ने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी एक तिहाई कर्मचारीबाट सहकारी तथा बित्तीय संस्था सञ्चालन गर्नु पर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ । यसले पास अभावमा सास्ती भोग्दै आएका सहकारी संघ/ संस्थाका लागि केही सहज बनाउने छ ।
पछिल्लो समय काठमाडौ उपत्मायकामा लकडाउन खुकुलो बनाई सहकारी तथा वित्तीय संस्था सञ्चालन गर्न दिने नेपाल सरकार, मन्त्रीपरिषदले निर्णय गरेपनि पास अभावमा सहकारी संस्था सञ्चालनमा समस्या देखिदै आएको थियो । पासक़ समस्या समाधान गर्न काठमाडौं उपत्यकाभित्र जिल्ला संघ तथा विषयगत सहकारी संघहरुले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए ।

Leave a Reply