अहिलेको संकट समाधान गर्ने गरी आएको छ बजेट : अर्थमन्त्री डा. खतिवडा , बजेटप्रति आर्थिक विपन्न जनताको असन्तुष्टि

0 Shares

अर्थमन्त्री डा.युवराज खतिवडाले हिजो संघीय संसदमा प्रस्तुत भएको बजेट अहिले मुलुकले भोगिरहेको संकट समाधान गर्ने गरी ल्याइएको बताउनु भएको छ । आज काठमाडौंमा पत्रकारहरुसँगको भेटमा उहाँले विद्युतबाट चल्ने सवारी साधन खरिद गर्दा कर छुट दिने बताउदै डिजेलबाट चल्ने सवारी साधन तथा पेट्रोलियम पदार्थ र सुन आयातमा कर बृद्धि गरिएको छ भन्नुभयो । यता प्रमुख विपक्षी दल नेपाली काँग्रेसले भने सो बजेट सामान्य भएको र यसले मुलुकको विद्यमान समस्या निवारण गर्न नसक्ने प्रतिक्रिया दिएको छ । विश्वम्भर प्याकुरेल, दीपेन्द्रबहादुर क्षेत्री लगायतका अर्थविदहरु पनि उक्त बजेटले मुलुकमा विद्यमान संकट निवारण गर्नेमा विश्वस्त बन्न सकेको देखिदैन ।
यता कोरोना कहरका कारण लामो समय लकडाउनका कारण घरैमा बस्न विवश आर्थिक विपन्न श्रमजीवी जनताले आफूहरुको समस्यालाई यो बजेटले सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेको देखिएको छ । विशेष गरी काठमाडौं उपत्यका सहित शहर बजारमा डेरा गरी बसेका धेरै नागरिकहरुले यो बजेट आफूहरुका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झैं भएको बताइरहेका छन् । सरकारले विजुली, खानेपानी लगायतमा सहुलियत दिने भनेपनि घरधनीले न विजुली लगायतको महशुलमा डेरावाललाई छुट दिएका छन् न कोठा भाडामा नै । त्यसैले पनि नागरिकहरुमा सरकारप्रति असन्तुष्टि बढिरहेको छ । लकडाउनको समय बढाउदै जाने तर राज्यका अहिले जसरी नै नागरिकहरु प्रति गैरजिम्मेवार भई रहे धेरै नागरिकहरुमा फ्रस्टेशन र डिप्रेशनको समस्या देखिने निश्चित जस्तै छ किनकी निजी शिक्षण संस्थामा छोराछोरी पढाई रहेका अभिभावकहरु मध्ये धेरैलाई शुल्कको समस्याले पिरोली रहेको देखिएको छ ‌।

Leave a Reply