बागमती प्रदेशको सहकारी विभागको सहकारी कार्यालय ललितपुरमा स्थापना हुने

0 Shares

बागमती प्रदेश सरकारले आफू अन्तर्गतको सहकारी विभागको सहकारी कार्यालय ललितपुरमा स्थापन गर्ने भएको छ ।

सो प्रदेश सरकारका आर्थिक तथा योजना मामिला मन्त्री कैलाश ढुङ्गेलले हिजो बागमती प्रदेशसभामा प्रस्तुत गर्नु भएको बागमती प्रदेश सरकारको बजेटमा सहकारीको दर्ता तथा नियमनको सहजताका लागि बागमती प्रदेश सहकारी विभागको सहकारी कार्यालय ललितपुरमा स्थापना गर्न आवश्यक व्यवस्था मिलाउने उल्लेख छ । यसले सो प्रदेश अन्तर्गतका काठमाडौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक,रसुवा, सिन्धुपाल्चोक लगायतका सहकारीकर्मीहरुमा खुशी छिरेको छ । ती जिल्लाहरुका सहकारीकर्मीहरुले हेटौडा जान असहज भएकोले बागमती प्रदेशको सहकारी कार्यालय काठमाडौं उपत्यकामा स्थापना हुनु पर्ने माग गर्दै आएका थिए ।
यता बागमती प्रदेश सहित सबै प्रदेश सरकारले सम्बन्धित प्रदेशसभामा आ-आफ्नो प्रदेश सरकारको बजेट प्रस्तुत गरेका छन् । देशमा कोरोना भाइरस(COVID-19) संक्रमणको जोखिम बढिरहेकोले यसैलाई मध्यनजर गर्दै स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई बजेट प्रस्तुत गरेको प्रदेश सरकारहरु को भनाई छ तर विपक्षीहरुले भने कोरोनाले उत्पन्न गरेकोथ संकट समाधान गर्ने ढंगबाट नभई प्रदेश सरकारहरुको बजेट पनि नेपाल सरकारको झैं वितरणमुखी बजेट ल्याएको भनी प्रतिक्रिया व्यक्त गरेको सुनिएको छ ।

Leave a Reply