पर्यटन समाज सहकारी संस्था लि.,क्षेत्रपाटीले दियो जेठ ३० गतेभित्र बुझाउनेलाई कर्जाको लकडाउनको समयको दियो ७ प्रतिशत छुट
काठमाडौंको क्षेत्रपाटीमा रहेको पर्यटन समाज सहकारी संस्था लि.ले २०७७ जेठ ३० गतेभित्र व्याज बुझाएका सदस्यहरुलाई कर्जाको लकडाउनको व्याजमा ७ प्रतिशत छुट दिएको जनाएको छ । लकडाउन अवधिको सम्पूर्ण हर्जाना छुट गरिएको उक्त संस्थाको भनाई छ । सो संस्थाले आफ्नो सञ्चालक समितिका पदाधिकारी र सदस्यहरु तथा कर्मचारीहरुको प्रति व्यक्ति रु.१ लाख बराबरको कोरोना वीमा गरेको बताएको छ । त्यस संस्थाले २०७७ बैशाख १६ गतेबाट कार्यालयबाट आंशिक रुपमा र २०७७ जेठ १२ गतेबाट विहान १० बजेबाट दिउशो ३ बजेसम्म कार्यालय सञ्चालन गरी शेयर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको बताइएको छ ।

