नव युवा साकोस, मिखाबहाल, ललितपुरले शेयर सदस्यहरुलाई सहुलियत मुल्यमा दैनिक उपभोग्य सामाग्री विक्री गर्दै

0 Shares

ललितपुर महानगरपालिका-२०, मिखाबहालमा रहेको नव युवा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई सहुलियत मुल्यमा खाद्यन्न सहित दैनिक उपभोग्य बस्तुको विक्री गरिरहेको जनाएको छ । कोरोना भाइरस(COVID-19)को जोखिमबाट सुरक्षाका लागि देशभर गरिएको लकडाउनको असरलाई मध्यनजर गरी आफ्ना शेयर सदस्यहरुलाई थोरै भएपनि राहत होस भनेर सहुलियत दरमा सामाग्री विक्री गरिएको सो संस्थाका व्यवस्थापक ज्ञानीबाबु महर्जनले बताउनु भएको छ ।

लोकल चिउरा, रहर दाल, लाइफ व्यय साबुन ,आँटा, चिनी,नुन र सनफ्लावर तेल विक्री भइरहेको बताइएको छ । स्थानीय समुदायमा आधारित सो संस्थाले यही असार १ गतेदेखि शुरु भएको सहुलियत दरमा सामान विक्री असार १५ गतेसम्म हुने जनाइएको छ । आफ्नै भवनबाट कारोवार गरिरहेको सो संस्थाले सामानको होलसेल मुल्यमा संस्थाले आफ्नो कोषबाट ३० प्रतिशत सहयोग गरेको व्यवस्थापक महर्जनले भनाई छ । १० घण्टासम्म कार्यालय सञ्चालन गरी सेवा प्रदान गरिरहेको त्यस संस्थाले लकडाउनको शुरुवात भए लगत्तै ६ महिनासम्ममा तिर्न सक्ने गरी ६ प्रतिशत व्याजदरमा रु.१०,००० विना सेवा शुल्क शेयर सदस्यहरुलाई सहुलियत कर्जा प्रदान गरेको जनाएको छ । जेठ मसान्तसम्म रु.३० करोडभन्दा भढी कूल कारोवार तथा १,९८५ जना शेयर रहेको त्यस संस्थाले लकडाउनको समयको सम्पूर्ण हर्जाना मिनाहा गरेको बताएको छ ।

Leave a Reply