नागरिक बहुउद्देश्यीय सहकारी संस्था लि., माहापाल, ललितपुरले असार २५ गतेभित्र बुझाएमा कर्जाको लकडाउन समयको व्याजमा १० प्रतिशत छुट दिने

0 Shares

ललितपुरको माहापालमा रहेको नागरिक बहुउद्देश्यीय सहकारी संस्था लि.ले यही असार २५ गतेभित्र बुझाएमा सोही संस्थाबाट कर्जा लिएका आफ्ना शेयर सदस्यहरुलाई कर्जाको लकडाउनको समयाबधिको व्याजमा १० प्रतिशत छुट दिने नीति भएकोले तोकिएको समयावधिभित्र व्याज बुझाएर सो सुविधा लिन शेयर सदस्यहरुलाई आग्रह गरिएको सो संस्थाका व्यवस्थापक अरविन्द कुमार महर्जनले बताउनुभयो । स्थानीय समुदायमा आधारित उक्त संस्थाले आफ्नै सञ्चालक समितिका अध्यक्ष राजेश डंगोल सहित पदाधिकारी तथा सदस्य, कर्मचारी र संस्थामा रु.५ लाखभन्दा बढी बचत गर्ने शेयर सदस्यहरुको हिमालयन जनरल इन्स्योरेन्स क.लि. मार्फत प्रति व्यक्ति रु.१ लाख बराबरको कोरोना वीमा गरेको जनाएको छ ।
यही जेठ मसान्तसम्म रु.१८ करोडभन्दा बढी कूल कारोवार रहेको त्यस संस्थाले लकडाउनको बेलापनि २०७६ चैत्र मसान्तदेखि आइतबार र बुधबार कार्यालय सञ्चालन गरी शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएकोमा यही असार १ गतेदेखि भने दैनिक विहान ११ बजेदेखि दिउसो दिउशो २ बजेसम्म कार्यालय सञ्चालन गरेर शेयर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको बताइएको छ ।

Leave a Reply