नेपाल इन्भेष्टमेन्ट बैंक लि. ले इटालीयन बैंक, इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानत बापतको सबै रकम पायो
‘क’ श्रेणीको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (NIBL) ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानत बापतको रु. ८५ करोड र ८७ लाख ५० युुरो गरी कूल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको सो बैंकले जनाएको छ । इटाएलीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीए लाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्त भएको हो ।
‘यो अध्याय नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि सकारात्मक विकासक्रम
हो, जसले बैंक जमानतजस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुढृढ पार्दछ, जसबाट यस
प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ’ उक्त बैंकको भनाई छ ।
अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिईएपछि बैंक जमानत बापतको रकम सफलतापूर्वक प्राप्त
गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, तनहुँ जल विद्युुत प्रा.लि. तथा आफ्नास सबै शुुुुुुुुुभ-चिन्तकहरुमा निरन्ततर सहयोगको लागि आभार व्यक्त गरेको छ ।

