बर्दिबासका ३ वटा सहकारी संस्थाहरु वीच एकीकरण सम्पन्न
महोत्तरीको बर्दिबास नगरपालिकाका भित्र सञ्चालनमा रहेका बर्दिबास बचत तथा ऋण सहकारी संस्था लि., सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लि. र जयश्री कृषि सहकारी संस्था लि. वीच एकीकरण सम्पन्न भएको छ । ती संस्था वीच एकीकरण सम्पन्न भए पश्चात बर्दिबास बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट एकीकृत कारोवार शुरु भएको जनाइएको छ । २०७६ फाल्गुणमा ती ३ संस्थाहरु वीच विशेष साधारणसभा सम्पन्न भई २०७७ बैशाखदेखि संयुक्त कारोवार सञ्चालन शुरु भएको थियो । बर्दिबास नगरपालिकाले यही असार १४ गते एकीकरणका लागि स्वीकृति प्रदान गरेपछि भने तिनीहरु वीच औपचारिक रुपमा एकीकरण सम्पन्न भएको बताइएको छ । एकीकृत संस्थाका शेयर सदस्य संख्या २,७००, शेयर पूँजी रु.२,२२,००,००० र कूल कारोवार रु.१७,००,००,००० रहेको उक्त संस्थाले जनाएको छ । सो एकीकृत संस्थाको अध्यक्ष शंकरकुमार श्रेष्ठ र व्यवस्थापक रमेश सिंह ठकुरी हुनुहुन्छ । महोत्तरी जिल्लामा नै पहिलो पटक यी ३ संस्थाहरु वीच एकीकरण भएको जनाइएको छ । मोवाइल बैंकिङ सेवा र क्विक रेस्पोन्स भुक्तानी सेवा समेत सञ्चालन गरेको सो संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को स्तरीकरण कार्यक्रम (प्रोवेशन) मा आवद्ध रहेको नेफ्स्कूनको भनाई छ । प्रविधि मैत्री वित्तीय सेवालाई जोड दिएको त्यस संस्थाले शेयर सदस्यहरुको सुविधालाई ध्यान दिएर २ स्थान सदस्य सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
्ए््ए्ए्््ए््ए्ए््ए््ए््ए््ए््

