सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.,पुल्चोक, ललितपुर स्थापना भएको २२ वर्षमा प्रवेश गरेको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

ललितपुरको पुल्चोकमा मुख्य कार्यालय तथा काठमाडौंको कालीमाटी, भक्तपुरको गट्ठाघर र ललितपुरको धापाखेलमा सदस्य सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. स्थापना भएको २२औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज सो संस्था र लाईन्स क्लव अफ काठमाडौं, सुमेरुको संयुक्त आयोजना र रक्त सञ्चार केन्द्र, पुल्चोक, ललितपुरको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त संस्थाको स्थापना भएको २२औँ वर्ष प्रवेश तथा १५औँ बृहत रक्तदान कार्यक्रममा १८५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । कोरोना भाइरस(COVID-19) को जोखिमबाट सावधानी अपनाई उक्त रक्तदान कार्यक्रम सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.को मुख्य कार्यालय

अगाडि सडकमा विहान ८:४५ देखि दिउसो १:३० बजेसम्म भएको थियो । त्यस कार्यक्रममा सो संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा उप- समितिहरुका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु, शेयर सदस्यहरु, लाईन्स क्लव अफ काठमाडौं, सुमेरुका पदाधिकारी तथा सदस्यहरु लगायतको व्यापक उपस्थिति रहेको थियो ।





सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. स्थापना भएको २२औँ वर्षमा प्रवेश गरेको अवसरमा विगतका वर्षहरुमा झैं यस वर्ष पनि सुमेरु अस्पताल, धापाखेल,ललितपुरमा १० जना मृगौला रोगीको नि:शुल्क सल्यक्रिया गरिने व्यवस्था गरिएको सोही संस्थाले जनाएको छ ।

