आजबाट बन्दाबन्दीको अन्त, हट्यो सरकारी कार्यालयको २ सिफ्ट र यातायातका साधनको जोरविजोर प्रणाली

0 Shares

कोरोना भाइरस(COVID-19) को महामारीको जोखिमबाट बच्न भन्दै २०७६ चैत ११ गतेबाट नेपाल सरकारले गरेको बन्दाबन्दी(LOCKDOWN) आज विहानबाट अन्त भएको अर्थ र सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बताउनु भएको छ । त्यसैगरी नेपाल सरकारले आजबाट सरकारी कार्यालयले सञ्चालन गर्दै आएको २ बिष्टको प्रावधान हटाई विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्नुका साथै निजी तथा सार्वजनिक यातायातका साधनमा लगाइएको जोरविजोर प्रणाली हटाईएको प्रवक्ता डा. खतिवडाको भनाई छ । आगामी भदौ १ गतेबाट शिक्षण संस्थाको भर्ना शुरु गर्ने बताइएको छ भने त्रि.वि. लगायतले भदौमा परीक्षा सञ्चालन गर्ने जनाएका छन् । त्यसैगरी सोही दिनबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने जनाइएको छ । यता होटल भने यही साउन १५ गतेबाट सञ्चालन गर्न दिने तर त्यहाँ भोज भतेर गर्न भने नदिने बताइएको छ तर मठ मन्दिर, चलचित्र हल तथा लामो दुरीका यातायातका साधन भने कहिलेबाट सुचारु हुने भन्ने टुङ्गो लागेको छैन ।

सरकारले बन्दाबन्दीको अन्त भएको घोषणा प्रति उमेशलाल श्रेष्ठ सहितका उद्योगी व्यवसायीहरुले स्वागत गर्दै बन्दाबन्दीले अशर गरेको अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् ।

यता नेपालमा कोरोना संक्रमित हुने क्रम भने जारी रहेको र कोरोनाकै कारण नेपालमा ४१ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ ।

 

 

Leave a Reply