जनै फेरेर र रक्षा बन्धन गरी जनै पूर्णिमा र रक्षा बन्धन पर्व मनाइदै

0 Shares

आज जनै फेरेर र रक्षा बन्धन गरी जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइदै छ । विहानै आर्यन पुरुषहरुले धारा, इनार , खोला , नदी , पोखरी लगायतमा नुहाएर चोखो भई पुरेतले मन्त्रिएको जनै लगाएको देखीयो । त्यसैगरी पुरेतले मन्त्रिएको धागोको डोरो महिला तथा पुरुषले हातमा लगाएको देखियो । सो डोरो गाई तिहारमा गाईको पुच्छरमा बानी दिने चलन रहेको छ तर मुडुला कार्कीहरुले भने घरमा मठ बनाएर तुलशी नरोप्ने र तिहारमा गाई नपुज्ने भएकोले सो डोरो गाईको पुच्छरमा बाध्ने गरेको पाइदैन ।

उता मधेशी तथा थारु समुदायमा भने दिदी बहिनीले दाजु भाइलाई सुख , शान्ति , सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरी राखी बानी दिई रहेका छन् ।

कोरोना भाइरस(COVID-19) का कारण यस वर्ष मन्दिर लगायतमा मानिसहरुको खासै भिडभाड देखिएन । विगतमा जनै पूर्णिमा तथा रक्षा बन्धनको दिन सार्वजनिक विदा दिने गरेपनि यतिबेला भने सरकारले यस दिन सार्वजनिक विदा दिन छाडेको छ ।

विभिन्न थरीका गेडागुडी उमारेर क्वाटी बनाएर खाने कार्य पनि जारी छ ।

 

Leave a Reply