आज घाम लाग्यो
काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा आज घाम लागिरहेको छ । गएको शनिवारदेखि लगातार परेको वर्षा हिजो साँझबाट रोकिएको छ । मौसमविदहरुले पनि आजबाट बादलको चाप न्युन हुने भएकोले वर्षात कम हुने जनाएका छन् ।
पछिल्लो समयको लगातारको वर्षातका कारण पनि ताप्लेजुङ,, झापा, काठमाडौं, बझाङ, गोरखा लगायत देशका विभिन्न स्थानमा खसेको पहिरो नदी तथा खोलामा आएको बाढीले दर्जन भन्दा बढीको ज्यान जानुका साथै ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

