बागमती प्रदेश सहकारी संघ लि. प्रारम्भिक साधारणसभाको तयारी गर्दै छ

0 Shares

रामशरण शर्मा घिमिरे , अध्यक्ष , बागमती प्रदेश सहकारी संघ लि.

 

 

 

बागमती पदेश सहकारी संघ लि. आफ्नो प्रारम्भिक साधारणसभाको तयारी गरिरहेको सोही संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले सहकारी सञ्जाललाई बताउनु भएको छ ।

२०७६ अनोज ४ गते सम्पन्न बागमती प्रदेश भित्रका सहकारीकर्मीहरुको प्रारम्भिक भेलाबाट राष्ट्रिय सहकारी बैंक लि.का नि:बर्तमान सञ्चालक रामशरण शर्मा घिमिरेको अध्यक्षतामा बागमती प्रदेश सहकारी संघ लि. गठन भयो , जुन संघले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. र बागमती प्रदेश कृषि सहकारी संघ लि.सँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको हातबाट यही साउन १६ गते हेटौंडामा दर्ता प्रमाण-पत्र प्राप्त ग-यो ।

बागमती प्रदेश सहकारी संघ लि.को सञ्चालक समितिको अध्यक्ष : रामशरण शर्मा घिमिरे ,  उपाध्यक्ष : जगतलाल महर्जन , महिला उपाध्यक्ष : सीता ढकाल , सचिव : भीमप्रसाद दाहाल , सह-सचिव : देवराज न्यौपाने , कोषाध्यक्ष : टीकाराम भट्टराई तथा सञ्चालक : बिमला (बालकुमारी) श्रेष्ठ , अम्विका थापा , दुर्गा कार्की , कृष्णभक्त नेपाल , मेनका दहाल , विमला ढकाल , दीपक शर्मा जंगम , कृष्णप्रसाद तिमिल्सिना र हेमलता मुडभरी धिताल  र लेखा सुपरीवेक्षण समिति संयोजक : नेत्रप्रसाद पौडेल तथा सदस्य : लक्ष्मी गिरी र कुलप्रसाद देवकोटा हुनुहुन्छ ।

हिजो ललितपुरको सातदोबाटोमा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे सँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको छ । जुन कुराकानीको भिडियो यस प्रकार छ ।

 

 

……..………………….………………………………………

Leave a Reply