भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सञ्चालक समितिको भर्चुअल बैठक सम्पन्न

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सञ्चालक समितिको नियमित बैठक २०७७ भाद्र ५ गते सम्पन्न भएको छ । बैठकले हाल कोभिड १९ को कारण सहकारी संघ संस्थाको साधारणा सभा सहकारी ऐन ,२०७४ बमोजिम गर्न अन्यौल सिर्जना भएकोले भक्तपुर जिल्लाको चार वटै नगरपालिकामा साधारणसभा सञ्चालन सम्बन्धी अन्तर्क्रियाबाट प्राप्त राय सुझावका आधारमा तपसिल बमोजिम संस्थागत धारणा बनाई सदस्य संस्था, स्थानीय तह, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कून) र राष्ट्रिय सहकारी महासंघलाई पत्रचार गर्ने निर्णय गरेको छ ।

१) साधारणसभाको लागि गर्नुपर्ने आन्तरिक तयारी कार्य गर्ने । आन्तरिक तयारी अन्तर्गत समयमै लेखाझपरीक्षण सम्पन्न गर्ने, बजेट निर्माण गर्ने र प्रतिवेदनहरु तयारी गर्ने ।

२) सहकारी ऐन , २०७४ अनुसार लेखापरीक्षकको नियुक्ती साधारणासभाबाटै भएकोले सामान्यतया स्थानीय तह वा अन्य निकायबाट स्विकृत लिन पर्दैन तर  स्थानीय तहको सहकारी ऐनमा स्विकृती लिनुपर्ने भएमा स्विकृती लिने । अहिलेको विषम परिस्थितिमा समयमै लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्तिको स्विकृती हुने अवस्था नरहेमा साधारणसभाबाट नियुक्तत  लेखापरीक्षकबाटै लेखापरीक्षण गर्ने कार्य गरेमा बाधा नपर्ने र पछि अवस्थाा अनुकुल भएपछि स्विकृती लिने ।
३) साधारणसभाका लागि मिति तोकिएको भए हालको महामारीको विषम परिस्थितिलाई ध्यानमा राखी स्थगित गर्ने र हाललाई साधारणसभाको मिति तय नगर्ने तर बन्दाबन्दी वा निषेध आज्ञा नभएको अवस्थामा
नेफ्स्कूनद्धारा मिति २०७७।४।३२ मा जारी एकीकृत स्वनियमन मार्ग निर्देशन २०७७ बमोजिम साधारणसभा कार्यविधि अबलम्बन गर्न सक्ने ।
४) कार्यअवधि सकिने अवस्थासम्म खुल्ला रुपमा साधारण सभा गर्ने वा निर्वाचन गर्न सक्ने अवस्था नरहेमा नियमक निकायहरुमा म्याद थपको लागि अनुरोध गर्ने ।
५) सहकारी ऐन २०७४ मा आर्थिक बर्ष सकेको ६ महिना भित्र साधारणसभा गर्नुपर्ने, यदि समयमा साधारणसभा नगरेमा र सञ्चालक समितिले कार्यअवधि आफूखुशी थप गरेमा जरिवाना गर्ने प्रावधान भएतापनि कोभिड- १९ को महामारीको कारण ऐनले तोकिएको समय अवधिमा साधारणसभा सञ्चालन गर्न नसकिएमा जरिवाना नलाग्ने व्यवस्थाको लागि नियमक निकायमा अनुरोध गर्न , साथै साधारणसभाको समय थप वा अर्को बर्ष एकै पटक साधारणसभा गर्न सकिने व्यवस्थाका लागि अनुरोध गर्ने ।६) संस्थाबाट सम्बन्धी निकायहरुमा पठाउनु पर्ने प्रतिवेदन तथा विवरण र जानकारी विद्युतीय माध्यमबाट पठाउने । उक्त बैठक अन्य विषयमा छलफल गरी निर्णय गर्नुको साथै आ.व. २०७७।७८ को बार्षिक बजेट समेत पारित गरी साधारण सभामा अनुमोदनकाा लागि पेश गर्ने निर्णय गरेको छ ।

Leave a Reply