आजबाट नेफस्कून ३३औँ वर्षमा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (NEFSCUN) स्थापना भएको आजबाट ३३औँ वर्षमा प्रवेश गरेको छ । नेफ्स्कूनको ३३औँ स्थापना दिवसको अवसरमा सोही संघका अध्यक्ष परितौष पौड्यालले नेफस्कूनका सदस्य संघ/संस्था , कर्मचारी एवं साकोस अभियानकर्मीहरुलाई शुभकामना व्यक्त गर्दै नेफ्स्कूनले आफ्ना सदस्य संघ/संस्थालाई प्रदान गरिरहेका सेवालाई अझै गुणस्तरीय र प्रविधि मैत्री बनाउन प्रयत्न गर्ने बताउनु भएको छ । त्यस्तै नेफ्स्कूनको ३३औँ स्थापना दिवसको अवसरमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल , राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेल , राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल ‘सुवाष’ लगायतले उक्त संघको उत्तरोतर प्रगतिको कामना गर्नु भएको छ ।
विभिन्न जिल्लामा सदस्य सेवाकेन्द्र सञ्चालन गरी तिन मार्फत आफ्ना सदस्य संघ/संस्थाहरुलाई सेवा प्रदान गरिरहेको नेफ्स्कूनले पछिल्लो पटक गत हप्ता रामेछापको मन्थलीमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।
नेफ्स्कूनले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा कोरोना भाइरस महामारीको जोखिमबाट जोगिएर कार्यक्रम गर्ने जनाएको छ ।

