काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म लम्बियो निशेधाज्ञा

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या धेरै बढेको भन्दै यही भदौ ३ गतेबाट भदौ १० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनल कार्यालयले जारी गरेको निशेधाज्ञा पुन: लम्ब्याएर यही भदौ १७ गते मध्यराती १२ बजेसम्म पु-याइएको बताइएको छ । स्वास्थ्यकर्मी र काठमाडौं उपत्यका भित्रका स्थानीय तहका प्रमुखहरुको सुझावका आधारमा उक्त निर्णय गरिएको जनाइएको छ ।
कोरोना संक्रमण बढेको भन्दै देशका विभिन्न जिल्लामा निशेधाज्ञा जारी गरिएको छ । औषधि , खाद्यान्न र तरकारी पसल आंशिक रुपमा चल्न दिइएको छ तर सुरक्षाकर्मीले औषधि किन्न बाहेक घर बाहिर ननिस्कन नागरिकलाई माइकिङ्ग गरी अनुरोध गरिरहेकौ देखिएको छ । बैंक तथा वित्तीय संस्था थोरै कर्मचारी राखेर आंशिक रुपमा सञ्चालन गर्न दिइएको छ तर आवतजावत गर्न समस्या हुदा शहरी क्षेत्रका धेरै सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई राम्रो सँग सेवा प्रवाह गर्न सकेको देखिएको छैन ।
लामो समय लकडाउन हुदा समस्या झेलेका उद्योगी तथा पर्यटन , होटल , कपडा तथा फेन्सी पसल र यातायात व्यवसायी तथा मजदुर एवं संस्थागत स्कूल कलेजका शिक्षक कर्मचारीले समस्या झेलिरहेका छन् । उनीहरुको आग्रह बमोजिम सरकारले तिनीहरुलाई राहत प्रदान गर्ने गरी न्युन व्याजमा कर्जा प्रवाह गर्ने गरी पुनर्कर्जा कोष बनाउने चर्चा भएपनि सरकारको कार्यशैली हेर्दा पोहोर मरिन् सासु , अहिले आए आँशुको अवस्था हुन सक्ने आशंका पनि व्यक्त भइरहेको देखिएको छ ।

