आजबाट यातायातका साधनमा कडाई
कोरोना भाइरस(COVID-19) को संक्रमण बढेको भन्दै आजबाट नेपाल सरकारले यातायातका साधन लगायतमा कडाई गरेको छ । हिजो गृह मन्त्रालयले जारी गरेको निर्देशन अनुसार आजबाट २०० भन्दा कोरोना भाइरस संक्रमित विरामी भएका जिल्लामा यातायातका साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ ।
सरकारी नियमनकारी निकायको लापरवाहीका कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा सञ्चालित यातायातका साधनमा यात्रुहरुले असुरक्षित ढंगबाट यात्रा गरिरहेको देखिन्छ भने काठमाडौं उपत्यकामा बाहिरबाट प्रवेश गरेका यात्रुहरुको प्रवेश नाकामा कोरोना भाइरसको पीसीआर जाँच गरेपनि सो जाँचको रिपोर्ट नआउदै तिनीहरुलाई विना रोकटोक आफ्नो निवास जान दिएकाले समुदायमा कोरोना भाइरस सर्ने खतरा बढेको छ भन्दै मानिसहरु त्रसित बनेको देखिन्छ । सबैको चासो समुदायमा कोरोना फैलिन नपाओस् र सरकार जतिसक्यो चाडो कोरोना भाइरस नियन्त्रण गर्न सफल होस् भन्नै नै रहेको छ ।
