शिक्षा सेवा आयोगमा पदाधिकारी सिफारिसका लागि सर्च कमिटी गठन, विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमती-पत्र(नो अब्जेक्सन लेटर) प्रदान गर्ने निर्णय

0 Shares

नेपाल सरकार , मन्त्रीपरिषदको हिजौ बसेको बैफकले शिक्षा सेवा आयोगको रिक्त पदाधिकारी सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली अध्यक्ष र शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र त्रिभुवन विश्वविद्यालयका उप-कुलपति सदस्य रहेको ३ सदस्यीय सर्च कमिटी गठन गरेको जानकारी प्राप्त भएको छ । सो आयोगका अध्यक्ष तथा सदस्यको ५ वर्षै कार्यकाल रहने ऐनमा व्यवस्था छ । आयोगका अध्यक्ष ताना गौतमको पदावधि समाप्त हुन लागेको छ भने १ महिला सहित २ सदस्य पद रिक्त छ । सो सर्च कमिटीले उक्त आयोगको अध्यक्ष र १ महिला सहित २ सदस्य छनौटको लागि सिफारिस गर्ने जनाइएको छ।

यसैगरी हिजो बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले नेपालमा कोरोना कहर बढेसँगै गत चैतबाट बन्द भएको विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमती-पत्र (नो अब्जेक्शन लेटर) प्रदान खुला गर्ने  निर्णय गरेको बताइएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमती लिएर विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको संख्या प्रति वर्ष बढ्दै गएको शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीको भनाई छ ।

Leave a Reply