विद्यालयबाट क्वारेन्टिन हटाइने, हिजोबाट होटल र ट्रेकिङ्ग व्यवसाय खुले

0 Shares

नेपाल सरकारले विद्यालयबाट क्वारेन्टिन हटाई तिनीहरुमा सेनिटाइज गरी पठनपाठनका लागि तयारी गर्न स्थानीय तहलाई निर्देशन दिइएको जनाएको छ । अर्थ , सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सो कुरा बताउदै यही भदौ १ गतेबाट विद्यार्थी भर्ना शुरु गरिने र शिक्षकलाई विद्यालयमा जान सक्ने व्यवस्था गरिने बताउनुभयो । कोरोना भाइरस (COVID-19)  को महामारीका कारण विद्यालयहरुमा पनि क्वारेन्टिन बनाइएको छ ।

यता हिजोबाट सुरक्षित तवरबाट होटल, रेष्टुरा तथा ट्रेकिङ व्यवसाय खुलेका छन् तर तिनीहरुमा मानिसहरुको खासै गएको भने देखिएन ।

उता काठमाडौं उपत्यका भित्र सार्वजनिक यातायातका सवारी साधन चलेपनि तिनीहरु मध्ये धेरैले सुरक्षा सतर्कता नअपनाउदा तिनमा यात्रा गर्ने यात्रुहरु जोखिममा रहने गरेको देखिएको छ । राज्यका सम्बन्धित नियमनकारी निकायले सार्वजनिक यातायातका साधनलाई सुरक्षा सतर्कता अपनाउन लगाएका छैनन्  भने सार्वजनिक यातायातका सवारी साधनले बढी भाडा लिएको प्रति पनि धेरै यात्रुहरु असन्तुष्ट बनेको देखिन्छ ।

नेपालमा कोरोना भाइरस(COVID-19) बाट ५२ जनाको निधन भएको र ५ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित विरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ ।

Leave a Reply