आजदेखि भदौं २४ गतेसम्म पुन: काठमाडौं उपत्यकामा निशेधाज्ञा थप
कोरोना महामारी बढेको भन्दै काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले पुन: आजदेखि यही भदौं २४ गते मध्यरातसम्म निशेधाज्ञा जारी गरेका छन् । गृह मन्त्रालयको सहमतीमा तेस्रो पटक निशेधाज्ञा जारी गरिएको बताइएकौ छ । यही भदौं ३ गतेदेखि काठमाडौं उपत्यकामा निशेधाज्ञा जारी छ । यतिबेला काठमाडौं उपत्यका बाहेकका अरु विभिन्न जिल्लामा पनि निशेधाज्ञा जारी छ । यति लामो समय निशेधाज्ञा जारी गरिरहदा पनि कोरोना महामारी भने बढिरहेको देखिएको छ । निशेधाज्ञा का कारण दैनिक श्रम गरेर जीविका चलाउनेहरुको जीवन क्रष्टप्रद बनेको देखिएको छ ।

