स्कोप साकोस , सौगल , ललितपुर २८औं वर्षमा प्रवेश

0 Shares

ललितपुर महानगरपालिका-८, सौगलमा रहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि.यही भदौ २२ गतेदेखि २७औं वर्ष पूरा भई २८औं वर्षमा प्रवेश गरेको छ । स्थानीय समुदायमा आधारित सो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । आफ्नै भवनबाट मुख्य कार्यालय सञ्चालन गरिरहेको उक्त संस्थाले आफ्नो स्थापनाको २८औं वर्षमा प्रवेश गरेको अवसरमा यस वर्ष भने कोरोना महामारीका कारण विगतमा झैं कुनै औपचारिक कार्यक्रम नगरेको त्यस संस्थाका व्यवस्थापक बाबुराजा बज्राचार्यको भनाई छ ‌। त्यो संस्था आफ्नो स्थापनाको २८ वर्षमा प्रवेश गरेको अवसरमा सोही संस्थाका अध्यक्ष यज्ञराज बज्राचार्यले त्यसै संस्थाका शेयर सदस्य , कर्मचारी , सुभेच्क्षुक लगायतप्रति शुभकामना व्यक्त गर्नु भएको थियो ।
………………………………….

Leave a Reply