कोरोना कहरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले ग-यो तनाव व्यवस्थापन तालिम
भक्तपूर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजनामा हिजो बिहान ७ः३० बजे भर्चुअल तनाव व्यवस्थापन तालिम सम्पन्न भयो । सो संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञाको पालना गर्दै संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने उपायहरु अपनाई अतिआवश्यक सेवा दिइरहेको सहकारी संस्थाका बारेमा उल्लेख नगरी सहकारी
क्षेत्रलाई उपेक्षा गरेकोमा प्रेस बिज्ञप्ती जारी गरेको कुरा बताउनुभयो । उहाँले आगामी दिनमा निषेध आज्ञा जारी हुने भएमा सहकारी संस्था/क्षेत्रका बारेमा पनि प्रष्ट्याउनु पर्ने कुरामा जोड दिनु भयो । कोराना भाइरसको जोखिम तथा संक्रमणका कारण सम्पूर्ण सहकारीका सदस्य,सञ्चालक र कर्मचारीहरु तनावमा रहेको अवस्थामा तनावलाई कम गर्न यो तालिमको आयोजना गरेको उहाँको भनाई थियो । सोही अवसरमा उक्त
संघका तालिम व्यवस्थापन उप-समितिका सदस्य तुल्सीहरी प्रजापतीले तालिममा सहजीकरण गर्दै तनावका प्रकार, तनावका असर, तनाव न्युनिकरणका उपयाहरुको बारेमा प्रशिक्षण दिनुभयो । उहाँले सधै खूशी भएर काम गर्नु, काम प्रति माया गर्नु र गल्ती भएमा क्षमा माग्नु नै सर्व उत्तम कूरा हो भन्नुभयो । सधैं नयाँ कूरा सिक्ने अपेक्षा राख्नुपर्ने, तनावमा कुनै पनि काम नगर्न र जहिले पनि सकरात्मक सोच बनाउन उहाँले आग्रह गर्नु भयो । तालिममा स्वागत मन्तव्य व्यक्त गर्दै बिश्वबहादर दुवालले महामारीको अवस्थामा पनि यो सघंले निरन्तर शिक्षा, तालिम तथा सूचना प्रदान गर्दै निषेधाज्ञाको समय सदुप्रयोग गरेको बताउनुभयो । उहाँले महामारीले तनाव सिर्जना भएको अवस्थामा तनाव न्युनिकरण गर्न यस तालिमले टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
तालिम उप-समितिका संयोजक एंव त्यसै तालिमका अध्यक्ष चण्डिका छुंकाले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिर्दै समय सापेक्ष तालिमको व्यवहारिक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस तालिम संघको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको थियो भन्ने जुममा प्रत्यक्ष ८० जनाको सहभागिता रहयो । तालिममा धनुषा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष धु्र्ब यादवको पनि सहभागिता रहेको थियो ।
तालिमको सञ्चालन तथा सहजीकरण सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले गर्नुभयो ।
यसैगरी सोही संघको आयोजनामा यही भाद्र २१ गते कोरोना भाइरस संक्रमण जोखिम ब्यवस्थापनका लागि जारी निषेधाज्ञाका बीच सम्पति शुद्धीकरण निवारण ऐन सम्बन्धी भर्चुअल तालिम सम्पन्न भएको छ । त्संसै संघका सदस्य संस्थाहरुका लागि लक्षित गरी आयोजना गरेको सो सेमिनारमा सम्पति शुद्धीकरण
निवारणको आवश्यकता, महत्व, सम्पत्ती शुद्धीकरण हुन आउने क्षेत्र, यसले प्रभाव पार्ने क्षेत्र, यस सम्बन्धी ऐन कानुनको पालना तथा कार्यान्वयका लागि सहकारी संस्थाहरुले
खेल्नुपर्ने भूमिका, नीतिगत ब्यवस्था, दण्ड जरिवाना एवं यसको कार्यान्वयनका चुनौती सम्बन्धमा उक्त संघका व्यवस्थापक बालकृष्ण ध्वजुले प्रस्तुतीकरण गर्नु भएको थियो । अपराधिक क्रियाकलापबाट संकलित फोहोर धन तथा कालो धन सम्पति
शुद्धीकरण हुनबाट नियन्त्रणका लागि सहकारी संस्थाले अनिवार्य कार्यान्वयनमा ल्याउनुपर्ने कुरा बताउदै ब्यबस्थापक ध्वजूले समुदायमा आधारित सहकारी संस्थाहरुले सो ऐन कार्यान्वयन गर्न ध्यान दिनुपर्ने विविध विषयहरुमा प्रष्ट पार्नु
भयोे । तालिममा त्यसै संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सम्पति शुद्धीकरण निवारण ऐनले सहकारी लगायत बैक तथा वित्तिय निकायमा आर्थिक कारोबार गर्दा स्रोत खुलाउन नसकिएको रकम सरकारले जफत समेत गर्न सक्ने भएकाले यस विषयमा सहकारीका सञ्चालक, कर्मचारी सूसुचित भई सदस्य समुदायलाई पनि यसबारे जानकारी दिनुपर्नेमा जोड दिनु भयो । विशेष गरी घर जग्गा किनबेच गर्दा कम मूल्यांकन गरी बढी पैसा लिएको रकम सहकारी एवं वितीय संस्थामा जम्मा गर्दा समेत बढी भएको रकम जफत हुने र यस्तो कारोबार गरेबापत थपदण्ड जरिवाना समेत तिर्नुपर्ने अवस्था हुने भएकाले जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको सो संघका अध्यक्ष लाखाजुले जोड दिनु भयो । आफ्नै पैसा भएर पनि स्रोत खुलाउन सकिएन भने सो पैसा जफत हुनका साथै दण्ड जरीवानाको भागिदार समेत हुनुपर्ने भएकाले नीतिसँगत रुपले मात्रै आर्थिक कारोबार गर्न उहाँले जोड दिनुभयो ।
संघका कोषाध्यक्ष एवं वित्तीय सेवा प्रवर्द्धन उप-समितिका संयोजक कान्छाभक्त घजुको अध्यक्षतामा भएको उक्त भर्चुअल तालिममा त्यसै उप-समितिका सदस्य राजाराम गोसाईले स्वागत मन्तव्य व्यक्त गर्नु भयो । प्रत्यक्ष फेसबुक लाइभमा ५७ जना र जुम ५३ जना गरी जम्मा ११० जनाको सहभागिता रहेको सो तालिममा सहकारी विभागबाट जारी सम्पति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन अन्तर्गत सहकारीले परिपालना गर्नुपर्ने
विषय बस्तुबारे छलफल गरेको थियो । सो तालिमको संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्ण ह्यौमिखाले गर्नुभएको थियो ।


…………………………………

