कम्युनिष्ट नेता तथा भूतपूर्व मन्त्री प्रभुनारायण चौथरीको ११ औं स्मृति दिवसमा प्रवचन कार्यक्रम र माक्स वितरण गरी सम्पन्न

0 Shares

नेपाली कम्युनिष्ट आन्दोलनका नेता तथा भूतपूर्व भूमि सुधार तथा व्यवस्था मन्त्री प्रभुनारायण चौधरीको आज ११ औ स्मृति दिवस
प्रवचन कार्यक्रम गरी मनाइयो । प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीको अध्यक्षतामा सो कार्यक्रम काठमाडौंको कोटेश्वरमा सम्पन्न भएको थियो । त्यस कार्यक्रमका



अध्यक्ष लेखीले विषयबस्तु प्रस्तुत गर्दै २०६२/०६३ को ऐतिहासिक जन- आन्न्दोलन सम्पन्न भएपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संयुक्त वाम मोर्चाको नेतृत्व गरी भूमि सुधार तथा व्यवस्था मन्त्री बन्नु भएका कामरेड प्रभुनारायण चौधरीले नेपालमा गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको बताउनुभयो । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अर्जुन कार्कीले प्रभुनारायण चौधरीले वर्ग संघर्ष र सामाजिक मुक्तिको संघर्षबाट मात्रै वर्गीय र सामाजिक उत्पीडन अन्त्य गर्न सकिन्छ भन्ने सिद्धान्त बोकेर अघि बढेको आफूले देखेको र उहाँको जुनमा अध्यारा पाटोको तुलनामा उज्यालो पाटो राम्रो रहेको आफूले पाएको बताउनुभयो । त्यसै अवसरमा जनता समाजवादी पार्टीका युवा नेता रविन्द्र थिङले प्रभुनारायण चौधरीले मन्त्री हुदा भ्रष्टाचार र अनियमितता नगरेको र उहाँले शोषित उत्पीडित वर्ग र समुदायको निम्ति संघर्ष गरेको आफूले पाएको बताउनुभयो । त्यसैगरी डोने समाजका अध्यक्ष राजेन्द्र डोनेले प्रभूनारायण चौधरीले आफ्नो जीवन काल भरी मार्क्सवादी विचारलाई आत्मसाथ गर्नु भयो भन्नुभयो भने उदयपुर थारु जागरण समाजका अध्यक्ष रमानन्द चोधरीले राज्यले प्रभुनारायण चौधरी योगदान कदर गर्न नसकेको बताउनुभयो । सो कार्यक्रम प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको थियो । त्यस अवसरमा सहभागीहरुले प्रभूनारायण चौधरी स्मृति प्रतिष्ठानले कसलाई जागिर खुवाउने या कहाँ विकास गर्ने भन्ने तिर नलागी विचार निर्माणको लागि काम गर्नु पर्नेमा जोड दिनु भएको थियो । नेता चौधरीको ११ स्मृति दिवसको अवहरमा हिजो प्रभुनारायण प्रतिष्ठानले काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा नागरिकहरुलाई माक्स वितरण गरेको थियो ।
कर्मले नेपालको कम्युनिष्ट आन्दोलन भित्र कम्युनिष्ट क्रान्तिकारी नेताको रुपमा परिचित नेता चौधरी सिद्धान्तनिष्ठ नेता हुनुहुन्थ्यो । उहाँको निधन पछि उहाँको विचार र नेपालको कम्युनिष्ट आन्दोलनमा ऊहाँले गरेको योगदानको संरक्षण र विकासका लागि २०७० सालमा प्रभुनारण चौधरी स्मृति प्रतिष्ठान बनेको र यसले विभिन्न खाले रचनात्मक कार्यक्रम गर्दै आएको सोही प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीको मनाई छ ।

Leave a Reply