सज्जन महिला साकोसले आफ्ना शेयर सदस्यहरुलाई आत्मविश्वास बढाउन सज्जन सहकारी साहित्य श्रृङ्खला सञ्चालन गरिरहेको छ : व्यवस्थापक भण्डारी
काठमाडौं महानगरपालिका-६, महांकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक नगिना सिंह भण्डारीले सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरु वीच चेतना फैलाई उहाँहरुको आत्मविश्वास बढाउन ‘सज्जन सहकारी साहित्यिक श्रृङ्खला’ दैनिक सञ्चालन गरिरहेको बताउनु भएक़ो छ । सहकारी सञ्जाल सँग कुरा गर्दै उहाँले हाम्रो यस संस्थाकी अध्यक्ष सीमा पुरीले शुरु गर्नु भएको यो श्रृङ्खला अन्तर्गत सञ्चालन भइरहेको साहित्यिक अभियानमा म स्वयं पनि साहित्यिक लेखनलाई अगाडि बढाउदै छु र यसमा यस संस्थाको परिवारको पनि सक्रिय सहभागिता रहदै आएको छ भन्नुभयो । लकडाउन अवधिमा समस्यामा परेका ४४७ परिवारलाई डोर टु डोर सेवा प्रवाह गरेको यस संस्थाले भदौ महिनामा भएको निशैध आज्ञाको समयमा पनि समस्यामा परेका शेयर सदस्यहरुलाई उहाँहरुको घर घरमा पुगेर सेवा प्रवाह गरेको उहाँको भनाई छ । ‘राष्ट्रिय सहकारी बैंक लि., नेफ्स्कून र कास्कूनले जुम मार्फत सञ्चालन गरेको वर्कसपमा यस संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा व्यवस्थापन टिमले निरन्तर सक्रिय सहभागिता जनाइरहेको छ’ उहाँको कथन छ ।
सो संस्थाको वित्तीय अवस्थाको बारेमा सहकारी सञ्जालको जिज्ञासाको जवाफ दिदै उहाँले २०७७ भदौ २९ गतेसम्म यस संस्थाको कर्जा लगानी रु.८ करोड २७ लाख , निक्षेप संकलन रु.८ करोड २७ लाख , शेयर पूँजी रु.१ करोड ३६ लाख , शेयर सदस्य संख्या १४०० र कूल कारोवार रु.१० करोड ७७ लाख रहेको बताउनुभयो ।
कोरोना कहरको यस विषम परिस्थितिमा यस संस्थाका शेयर सदस्य ज्यूहरु , कर्मचारी साथीहरु तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई नआत्तिई संयम अपनाएर सचेतना अपनाई सुरक्षित रहौं , दु:ख सँगै सुख अवश्य आउनेछ । हाम्रो यस संस्थाले सधै आफ्ना शेयर आफ्ना सदस्यहरुको हितमा समर्पित भएर काम गर्ने छ’उहाँको थप भनाई छ ।

