भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले ग-यो भर्चुअल मार्फत बार्षिक समिक्षा

यही भाद्र २८ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को बार्षिक समिक्षा गोष्ठी भर्चुअल मार्फत सम्पन्न भयो । सो सघंका अध्यक्ष कृष्णगोविन्द लाखाजुले उक्त गोष्ठीको अध्यक्षता गर्दै कोरोना भाइरस महामारीको अवस्थामा पनि यस संघमा निक्षेप
बृद्धि भई वासलात रु. १ अर्ब २ करोड ९९ लाख पुग्न सफल भएको कुरा बताउनुभयो । हाल लगानीको बातावरण नभएकोले सहकारी संघ/ संस्थाको अधिक तरलता न्यून व्याजमा बैंक तथा वित्तीय संस्थामा राख्नु परेकोमा उहाँले बैंक तथा वित्तीय संस्थाको निर्भरता हटाउन सहकारी संघहरुले भुमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो । सोही संघका उपाध्यक्ष हरि बल्लले जोखिम व्यवस्थापन कार्यदलको कार्य समीक्षा
राख्नुभयो । उहाँले जोखिम व्यवस्थापन कार्यदलले महामारीको विषम परिस्थितिमा यस संघको वित्तीय जोखिम तथा कार्यालय सञ्चालन जोखिमका सम्बन्धमा ११ वटा भन्दा बढी सूचनाहरु प्रकाशित गरी सदस्यहरुलाई मार्ग निर्देशित गरेको बताउनु भयो ।
संघले महामारीमा व्यवसाय निरन्तरको लागि विशेष ऋणको व्यवस्था गरेको र निषेध आज्ञाको समयमा जिल्ला प्रशासन कार्यालय , भक्तपुरले सहकारी क्षेत्रलाई उपेक्षा गरेकोमा प्रेस विज्ञप्ती प्रकाशित गरेको उहाँको भनाई थियो । त्यस अवसरमा त्यसै संघका कोषाध्यक्ष कान्छाभक्त घजुले बार्षिक आर्थिक समीक्षा प्रस्तुत गर्र्नुभयो । उहाँले श्रोततर्फ गत बर्षको तुलनामा ८० प्रतिशतले बृद्धि भएको र अनुमानमा
१६३ प्रतिशतले प्रगति भएको विवरण प्रस्तुत गर्दै कोरोना महामारीका कारण बचत धेरै संकलन हुनुको साथै ऋण असुली बृद्धि भएकोले ऋण लगानीमा चुनौती थपिएको छ भन्नुभयो । तरलताको वित्तीय लगानी मार्फत व्यवस्थापन गरी रु.१ करोड
४४ लाख नाफा गर्न सफल भएकोमा हाम्रो यस संघले आय व्ययतर्फ १०१ प्रतिशत प्रगति गर्न सकेको कुरा उँहाले बताउनु भयो । यस संघको भवन निर्माण कार्य भइरहेको र यो भवन निर्माणमा रु.२५,०००। वा सो भन्दा बढी सहयोग गर्ने सदस्य संस्था तथा महानुभावहरुको नाम शिलापत्रमा प्रकाशित गर्ने कुरा बताउनुभयो । सोही सघंका व्यवस्थापक बालकृष्ण धोजुले सो सघंको कार्यक्रम प्रगति, सघंद्धारा आयोजित कार्यक्रमहरु, निषेध आज्ञामा आयोजित कार्यक्रमहरु, बैठक संख्या विवरण आदिको समीक्षात्मक प्रस्तुतीकरण गर्दै संघले दिदैं आएको सेवाहरु, मोबाइल एप्स सेवा,समन्वय सेवा, प्रकाशन सेवा, स्टेशनरी सेवा ,परार्मश सेवा इत्यादि कुराको समीक्षा प्रस्तुत गर्नुभयो । उहाँले विषम परिस्थीतीमा पनि हाम्रो यस संघले समय अनुसारको प्रविधिको प्रयोग गरी तालिम तथा शिक्षाको निरन्तरता दिइरहको छ भन्नुभयो । २ वटा संस्था मर्ज भएकोले यस संघमा हाल १९७ वटा सदस्य संस्था कायम रहेको उहाँको भनाई थियो ।
सो गोष्ठीमा सञ्चांलक समिति, लेखा सुपरिबेक्षण समिति, उप-समितिका सदस्य र कर्मचारीहरुको
उपस्थित रहेको थियो । त्यस गोष्ठीमा सहभागीहरुले यस विषम परिस्थितीमा पनि यो संघले सन्तोजनक आर्थिक प्रगती गर्नुको साथै सदस्य संस्थाहरुको अभिभावाकत्व ग्रहणमा अबल देखिएको भन्दै खुुशी व्यक्त गर्नु भएको थियो ।

