२०७७ कार्तिक १५ गतेबाट लागू हुने गरी १४.७५ प्रतिशत सहकारी सन्दर्भ व्याजदर निर्धारण गरियो
सहकारी विभागका रजिष्टारको संयोजकत्वमा रहेको सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिले २०७७ कार्तिक १५ गतेबाट लागू हुने आज २४.७५ प्रतिशत रहने गरी सहकारी सन्दर्भ व्याजदर निर्धारण गरेको छ । स्प्रेड दर भने ६ प्रतिशत रहने बताइएको छ । यस प्रति सहकारीकर्मीहरुको मिश्रित प्रारम्भिक प्रतिक्रिया देखिएको छ । गत वर्ष १६ प्रतिशत सहकारी सन्दर्भ व्याजदर निर्धारण हुदा सहकारी क्षेत्रमा असन्तुष्टि देखिएको थियो ।

