सन्दर्भ व्याजदर कार्यान्वयन नगर्ने सहकारी संस्थालाई सहकारी विभागले कारवाही गर्छ : रजिष्टार डा. पाण्डे

0 Shares

सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले सहकारी सन्दर्भ व्याजदर व्याजदर लागू नगर्ने सहकारी संस्थालाई सहकारी विभागले कारवाही गर्छ भन्नुभएको छ । सहकारी पत्रकार समाजले आज आयोजना गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै सहकारी संस्थाले सन्दर्भ व्याजदर कार्यान्वयन नगरेको जानकारी भए सो संस्थाको नाम सहकारी विभागलाई दिनुस् , त्यस्तो संस्थालाई सहकारी विभागले कारवाही गर्ने बताउनुभयो । सहकारी विभागले चाडै टोली गठन गरेर फिल्ड पठाएर सन्दर्भ व्याजदर कार्यान्वयनको अनुगमन गर्ने उहाँको भनाई थियो ।
यही असोज ५ गते सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिले २०७७ कार्तिक १५ गतेबाट लागू हुने गरी दोस्रो पटक ६ प्रतिशत स्प्रेड दर रहने गरेर १४.७५ प्रतिशत सन्दर्भ व्याजदर निर्धारण गरेको थियो । त्यसप्रति कतिपय साना सहकारी संस्थाहरुले असन्तुष्टि जनाएको पाइएको छ ।
सो समितिले यस अगाडि ३ दिन पछि लागू हुने गरेर २०७६ श्रावण १६ गते पहिलो पटक ६ प्रतिशतसम्म स्प्रेड दर रहने गरी १६ प्रतिशत सहकारी सन्दर्भ व्याजदर निर्धारण गरेको थियो । त्यसको सहकारी क्षेत्रमा विरोध भएको थियो ।

Leave a Reply