रोशी गाउँपालिका र विन्धवासिनी साकोस वीच कृषि व्यवसाय तथा उद्यम ऋणमा व्याज अनुदान दिने सम्झौता सम्पन्न

0 Shares

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र बनेपामा मुख्य कार्यालय रहेको विन्धबासिनी वचत तथा ऋण सहकारी संस्था लि. बीच कृषि व्यबसाय तथा उद्यम ऋणमा ६ प्रतिशत व्याज अनुदान दिने सम्झौता भएको जानकारी प्राप्त भएको छ । गत हप्ताको अन्तमा सो सम्झौता-पत्रमा उक्त गाउँपालिकाका अध्यक्ष डी.बी. लामा र बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रदीप थापाले हस्ताक्षर गर्नु भएको थियो । सम्झौता अनुसार सो गाउँपालिकाले कृषि व्यवसाय तथा उद्यम विकासका लागि उक्त सहकारी संस्था मार्फत सहुलियतपूर्ण ऋण परिचालन गर्न सो व्याज अनुदानमा त्यसै गाउँपालिकाबाट ५ प्रतिशत र सो सहकारी संस्थाबाट १ प्रतिशत छुट दिइने बताइएको छ । सोही अनुदानबाट उद्यम गर्न चाहने युवाहरुले त्यसै सहकारी मार्फत प्रति घरधुरीले रु.६ लाख ५० हजारसम्म ऋण प्राप्त गर्न सक्ने र त्यसबाट कम्तीमा ६० जना युवा उद्यमीहरु लाभान्वित हुन सक्ने आँकलन गरिएको जनाइएको छ । उक्त ऋणको वार्षिक व्याजदर भने ११.५ प्रतिशत रहने जनाइएको छ ।
कृषि व्यवसाय तथा उद्यम विकासमा युवतिहरुलाई आकर्षित गरेर स्थानीय स्तरमा रोजगारी श्रृजना गर्ने उद्देश्यले नमुना कार्यक्रमको रुपमा ल्याएको यो कार्यक्रमको प्रभावकारिताको आधारमा आगामी दिनमा यसलाई थप विस्तार गर्न सकिने त्यस गाउँपालिकाको भनाई छ ।
सोही ऋण परिचालनको जिम्मेवारी लिएको उक्त सहकारी संस्थाको कार्यक्षत्र विस्तार सँगै यसले काठमाडौंको मिनभवनमा हालै सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

Leave a Reply