जफत गरेको प्याज विक्री गर्दै खाद्य संस्थान
काठमाडौंको कालीमाटीमा कालाबजारी गरिरहेका व्यापारीहरुबाट हालै जफत गरेको प्याज सरकारले खाद्य संस्थान मार्फत ६० रुपैया प्रति केजीकि दरले विक्री गरिरहेको छ । खाद्य संस्थानले एक जना व्यक्तिलाई ३ केजी सम्म प्याज विक्री गरेको छ । बजारमा प्रति केजी प्याजको मुल्य रु.१४० सम्म पुगेको बेला ६० रुपैया प्रति केजीका दरले प्याज किन्न पाइने भएकपछि आज प्याज किन्न खाद्य संस्थानमा जाने व्यक्तिहरुको भिड लागेको थियौ । सामाजिक दुरी कायम गराउन त्यहाँ कुनै कार्य गरेको देखिएन । प्याज किन्न लाईनमा बस्नेको भिड देखिएको थियो ।

