खानेपानी कम्पनीले बढाए पानीको मूल्य

बडादशैं सहितका चाडबाडहरु नजिकिदै गर्दा खानेपानी कम्पनीले खानेपानीको मूल्य बढाएका छन् । यही असोज १९ गतेदेखि AQUA FREEDOM production Drinking Water खानेपानी कम्पनीले प्रति जार पानीको रु.३५ का दरले
खानेपानी विक्री गर्ने पसललाई विल थमाएको देखिएको छ भने खानेपानी कम्पनीले रु.५० देखि रु.५५ सम्ममा सो पानी उपभोक्तालाई विक्री गर्न थालेको पाइएको छ । यस अगाडि खानेपानी कम्पनीले आफ्नो पानी विक्री गर्ने पसललाई प्रति जार रु.२५ का दरले विल काट्ने गरेका थिए । ‘न विजुलीको महशुल बढेको छ , न पेट्रोलियम पदार्थको मूल्य बढेको छ अनि खानेपानी कम्पनीले किन बढाए त प्रति जार पानीको एकै पटक रु.१० मूल्य बुझ्नै सकिएन’ उपभोक्ताहरुको गुनासो छ । यता AQUA FREEDOM Production Drinking Water खानेपानी कम्पनीका कर्मचारीहरु भने सरकारलले खानेपानीको कर बढाएकोले खानेपानीको मूल्य बढाउनु परेको बताउछन् । नागरिकहरु भने सरकारले खानेपानी जस्तो अत्यावश्यक बस्तुमा अनावश्यक कर बढाएर जनतालाई सास्ती दिएको बताउछन् । यता कतिपय खानेपानी कम्पनीले भने खानेपानीको मूल्य बढाउने भने पनि बढाई हालेको भने पाइएन ।