आज विजयादशमी , टीकाको साइत विहान १०:१९ बजे

0 Shares

………………………………………………………………..आज नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन अर्थात विजयादशमी । बडादशैंको अष्टमीको दिन थापिएको दुर्गाको विसर्जन गर्ने साइत आज विहान १०:१९ रहेको र टीकाको साइत विहान १०:१९ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयादशमीको दिन भएकोले आज आफ्ना मान्यजनहरुबाट टीका , प्रसाद र आशिर्वाद ग्रहण गर्न साइत नचाहिने ज्योतिष विष्णुप्रसाद तिमिल्सिना ‘विमल’ ले बताउनु भएको छ । असत्य माथि सत्यको विजयको रुपमा मनाइने यो चाडमा स्वदेश तथा प्रवासमा रहेका अधिकांश नेपाली तथा नेपाली भाषीहरुले विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनहरुबाट टीका , प्रसाद तथा आर्शिवाद ग्रहण गर्ने चलन छ ।

विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली , सभामुख अग्निप्रसाद सापकोटा , राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , भूतपूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा , भूतपूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल , माधवकुमार नेपाल , झलनाथ खनाल , डा.बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द ,  जसपाका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेकपा (माले) का महासचिव सी.पी. मैनाली लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

……………………………………………………………….

२०७७ सालको विजयादशमी , शुभ-दीपावली , छठ तथा नेपाल सम्वत ११४१ को पावन अवसरमा समस्त नेपालीहरुमा सुख , शान्ति , उत्तरोतर प्रगति तथा सु-स्वास्थ्य एवं दीर्घायुको कामना सहित हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौँ ।

………………………………………………………………..

नेपालीहरुको महान चाड विजयादशमी उपलक्ष्यमा समस्त नेपालीहरुमा सुख , शान्ति , समृद्धि , सु-स्वास्थ्य , दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना सहित विजयादशमीको हार्दिक मंगलमय शुभकामना  ।

– सहकारी सञ्जाल परिवार

………………………………………………………………..

Leave a Reply