सरकारी वार्ता टोली र अनसनरत डा.के.सी.पक्षको बार्ता टोली वीच आज पनि बार्ता हुनै
चिकित्सा शिक्षा क्षेत्रको सुधारको लागि ६ बुँदे माग राखी विगत २६ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द के.सी. र सरकारी बार्ता टोली वीच आज पनि बार्ता हुने बताइएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली नेतृत्वको सरकारी वार्ता टोली र डा.जीवन क्षेत्री नेतृत्वको डा.के.सी. पक्षको वार्ता टोली वीच हिजो भएको वार्ता सकारात्मक ढंगबाट अगाडि बढेको बताइएको छ । आमरण अनशनरत डा. के.सी. का माग पूरा गर्न उहाँका समर्थक तथा नागरिकहरुले सरकारलाई दवाव दिइरहेका छन् भने नेपाल चिकित्सक संघले डा. के.सी. को मागप्रति सरकार उदासिन भएको भन्दै उहाँको जीवनरक्षाको माग गर्दै आन्दोलनको घोषणा ग-यो 
, जसका कारण सरकारले शिक्षा , विज्ञान , विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग परामर्श गरी गठन गर्नु भएको थियो । स़ो वार्णिक टोली बने लगत्तै डा. जीवन क्षेत्रीको नेतृत्वमा डा. के.सी. पक्षको बार्ता टोली बनेको थियो । डा.के.सी. को आन्दोलनप्रति नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दल तथा संगठनहरुले ऐक्यबद्धता जनाएको बताएका छन् ।

