डम्बरसिंह बस्नेतको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै कोअपरेटिभ म्यानेजर्स क्लव, कास्कीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
कोरोना भाइरसको महामारीलाई मध्यनजर गरी सहकारी विभागले जारी गरेको निर्देशनलाई पालना गर्दै कोअपरेटिभ म्यानेजर्स क्लव , कास्कीको तेस्रो वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट सो क्लवका अध्यक्ष डम्बरसिंह बस्नेतको अध्यक्षतामा आज सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई , नेफ्स्कूनका नि,:वर्तमान सञ्चालक भीम गुरुङ , कोअपरेटिभ म्यानेजर्स क्लव , कास्कीका संस्थापक अध्यक्ष मिलन ढकाल लगायतले उक्त साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । त्यस साधारणसभाले पुन: डम्बरसिंह बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । सोही समितिको उपाध्यक्षमा अपिल कोइराला, सचिवमा हरिप्रसाद पन्थी , सह-सचिवमा सन्तोष त्रिपाठी , कोषाध्यक्षमा मोहनप्रसाद अधिकारी तथा सदस्यमा निरु थापा , किरण अधिकारी , सन्तोष रानाभाट , प्रेमसागर अधिकारी , शंकरप्रसाद पौडेल र सुजाता ढुङ्गाना रहनु भएको छ । सो क्लवमा सदस्य संख्या १०९ रहेको जनाइएको छ ।

