आफ्नो १८औँ स्थापना दिवसकै दिन कास्कूनको ग-यो १७औँ वार्षिक साधारणसभा

0 Shares

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा हिजो आफ्नो १७औँ वार्षिक साधारणसभा भर्चुअल विधिबाट सम्पन्न गरेको छ 

। राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता र कास्कूनका अध्यक्ष दीपक पनेरुको अध्यक्षतामा काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा सो साधारणसभा सम्पन्न भएको थियो । महासंघका अध्यक्ष कँडेल , राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती , नेस्कूनका अध्यक्ष परितोष पौड्याल तथा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल , जिल्ला सहकारी संघ लि., काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ  , भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजू लगायतले त्यस साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सोही अवसरमा कास्कूनका कोषाध्यक्ष निरञ्जन सेढाईले त्यसै संघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६/०७७ मा कास्कूनको सदस्य संख्या ७०० , शेयर पूँजी रु.२ करोड ४३ लाख ९४ हजार , रु.७२ करोड ८७ लाख , कोष रु.२ करोड २४  लाख र कूल कारोवार ९४ करोड रहेको बताउनुभयो । त्यस अवसरमा काठमाडौंको थानकोट- चेकपोष्टमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.लाई उत्कृष्ट साकोस सम्मान , काठमाडौंको थलीमा रहेको कोलमतेश्वर बचत तथा ऋण सहकारी संस्था लि.लाई अधिक बचत कारोवार सम्मान , काठमाडौंको  चुनदेवीमा रहेको वेस्टर्न ऋतम्भरा बचत तथा ऋण सहकारी संस्था लि.लाई उत्कृष्ठ व्यवसाय साकोस सम्मान र सत्कार बचत तथा ऋण सहकारी संस्था लि.लाई अधिक शेयर खरीद साकोस सम्मान प्रदान गरिएको थियो भने कास्कूनका पूर्व लेखा सुपरीवेक्षण समिति सदस्य हरिशरण थापालाई कास्कून वर्ष व्यक्ति अभियान्ता सम्मान र कास्कूनका व्यवस्थापक अरुण तिवारीलाई उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित गरिएको थियो ।

सो साधारणसभामा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि कँडेलले आउदो कार्तिक १५ गतेबाट लागू हुने १४.७५ प्रतिशत सहकारी सन्दर्भ व्याजदर सबै सहकारी संस्थाहरुले लागू गरेर गरी सहकारीले बढी व्याज लिएर ठग्छन् भनेर लगाइने गरेको आरोपलाई निराधार बनाउनु पर्ने बताउनुभयो । एक स्थानीय तहमा एक व्यक्ति एकै प्रकृतिको एउटा मात्रै सहकारी संस्थाको सदस्य बन्नु पर्छ भन्ने सहकारी अभियानको नीति भएपनि यो विषय यतिबेला अदालतमा पुगेकोले यसबारे अदालतको निर्णय पर्खिनुको बिकल्प छैन उहाँको भनाई थियो । यता धेरै सहकारी संस्थाहरुले १४.७५ प्रतिशत सहकारी सन्दर्भ व्याजदरको निर्धारण र एक स्थानीय तहमा एक व्यक्ति एउटा मात्रै सहकारी संस्थाको सदस्य बन्नु पर्छ भन्ने महासंघ अध्यक्ष कँडेलको भनाइप्रति  सहकारीकर्मीहरु वीच समर्थन र असन्तुष्टि  देखिएको छ ।

 

 

 

Leave a Reply