बाराही बहुउद्देश्यीय सहकारी संस्था लि. र करुणा साकोसको स-यो कार्यालय
बहुउद्देश्यीय कार्य गरिरहेको बाराही बहुउद्देश्यीय सहकारी संस्था लि.को मुख्य कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३१ , नयाँ बानेश्वरबाट सोही महानगरपालिका वडा नं.३२ कोटेश्वरमा यही कार्तिक १ गतेबाट सरेको सोही संस्थाका अध्यक्ष जीवनकुमार राईले बताउनुभयो । सो संस्थाले ललितपुर महानगरपालिका-१५ , सातदोबाटोमा सदस्य सेवाकेन्द्र पनि सञ्चालन गरिरहेको छ ।
यसैगरी कृषि , घरेलु तथा साना उद्योग , मझौला उद्योग , पशुपङ्छी पालन , व्यवसाय लगायतलाई प्राथमिकता दिएर कर्जा प्रवाह गरिरहेको करुणा बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय पनि ललितपुर महानगरपालिका वडा नं.१४ ताल्छिखेल- पीपलबोटबाट सोही वडाको ताल्छिखेल-ज्ञानचोकमा सरेको उक्त संस्थाका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले 
बताउनुभयो । २०७७ असोज १४ गते ललितपुर महानगरपालिका-१४ ,ताल्छिखेल-ज्ञानचोकमा करुणा बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय सरेपछि यसको कारोवार थप बढेको सोही संस्थाका व्यवस्थापक शिव श्रेष्ठको भनाई छ ।

