बचन साकोस ११औ वार्षिक साधारणसभा गर्दै , बसुवर्ण साकोसले पनि ग-यो आफ्नो १२औं वार्षिक साधारणसभा

0 Shares

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको बचन बचत तथा ऋण सहकारी संह्था लि.ले आफ्नो ११औं वार्षिक साधारणसभा सहकारी विभागले जारी गरेको सूचना अनुसार २०७७ असोज ३० गतेदेखि सञ्चालन गरिरहेको छ । शनिवार र सार्वजनिक विदाको दिन बाहेक दैनिक रुपमा भइरहेको सो साधारणसभा २०७७ कार्तिक २१ गतेसम्म सञ्चालन हुने त्यसै संस्थाका प्रवन्ध निर्देशक देशमर्दन बस्नेतले बताउनुभएको छ ।

२०७७ असोज ३० गते काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दलबहादुर कार्कीले त्यस साधारणसभाको उद्घाटन गर्नु भयो । उक्त अवसरमा वडा अध्यक्ष कार्कीले अन्य कतिपय सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई बचत फिर्ता गर्न नसकेको समाचार आई रहदा बचन साकोस भने राम्रोसँग अगाडि बढेको देख्ता खुशी लागेको बताउनुभयो । सोही अवसरमा उक्त संस्थाका अध्यक्ष सुरज के.सी.ले शेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको मेहनतका कारण बचन बचत तथा ऋण सहकारी संस्था लि.निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउनुभयो । त्यसै साधारणसभामा सो संस्थाका सचिव अर्जुनप्रसाद रिमालले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष पुरुषोत्तम गिरीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सरस्वती महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको छ ।  प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थामा शेयर सदस्य संख्या २,०९२ , शेयर पूँजी रु.,३,७१,१५,१०० , निक्षेप संकलन रु.१४,९९,६५,०४२ , कर्जा लगानी रु.१८,७८,८२,८६५ र कुल कारोवार रु.२१,५१,५६,८८४ रहेको उल्लेख छ ।

यसैगरी ललितपुरको नागबहालमा रहेको बसुबर्ण बचत तथा ऋण सहकारी संस्था लि.ले पनि आफ्नो १२औं वार्षिक साधारणसभा २०७७ कार्तिक १ गते सम्पन्न ग-यो । स्थानीय समुदायमा आधारित सो संस्थाले सहकारी विभागले जारी गरेको निर्देशनलाई पालना गरी साधारणसभा सम्पन्न गरेको सोही संस्थाका सचिव विभुशोन वाक्यको भनाई छ । त्यसै संस्थाका अध्यक्ष सुशिल शाक्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन  र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो ।

वचत तथा ऋण कारोवारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको सो संस्थाले कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनको समयमा आफ्ना शेयर सदस्यहरुलाई दैनिक उपभोग्य बस्तु वितरण गर्नेदेखि लकडाउन अवधिको कर्जाको व्याज छुट र हर्जाना मिनाहा गरेको थियो ।

यस अघि ललितपुरको लुभु-विष्णुडोलमा रहेको बिष्णुडोल बहुउद्देश्यीय सहकारी संस्था लि.ले गत असोज १० गते र भक्तपुरको थिमि- बखाहा बजारमा रहेको विश्वास बचत तथा ऋण सहकिरी संस्था लि.ले गत असोज २४ गते आफ्नो वार्षिक साधारणसभा सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न गरेका छन् ।

Leave a Reply