नि:वर्तमान सभामुख महराकी श्रीमती सीताको निधन

0 Shares

निमोनियि भएर काठमाडौंको थापाथली स्थित नर्भिक इन्टरनेशनलअस्पतालमा उपचाररत नि:बर्तमान सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज विहन ६:२२ बजे निधन भएको छ । शरीरमा अक्सिजनको समस्या भएपछि उहाँलाई यही कार्तिक १४ गते दाङबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो तर उपचारको क्रममा स्वास्थ्य अवस्था थप नाजुक भएपछि उहाँलाई कार्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको बताइएको छ । उपचारकै क्रममा उहाँको पीसीआर  परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । स्थेनिया रोगबाट लामो समयदेखि पीडित उहाँ दशैंमा रोल्पाको मेवाङस्थित आफ्नो घरमा जानु भएको र उहाँलाई त्यहाँ स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि उहाँलाई दाङको गोर्खा अस्पतालमा यही कार्तिक १३ गते भर्ना गरिएको तर त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगिएको पारिवारिक स्रोतकौ भनाई छ ।

उहाँको निधनप्रति उहाँका सुभचिन्तकहरुले शोक प्रकट गरेका छन् ।

 

 

 

 

Leave a Reply