लोकेश्वर साकोसबाट सर–सफाई कार्यक्रम सम्पन्न ।

0 Shares

 

भक्तपुर, १८ गते, जेठ
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथिनखाः को अवसर पारेर भक्तपुर नगरको सम्पदाका रुपमा रहेको ऐतिहासिक कालदह (कालिदह) सर–सफाई कार्यक्रम सम्पन्न भयो । संस्थाका अध्यक्ष राजन जतिले उक्त सर–सफाई कार्यक्रमको औपचारिक कार्यक्रममा बोल्दैे सहकारी संस्थाले समय समयमा समुदाय लक्षित विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो ।

 

लोकेश्वर साकोसले पनि समुदायमा रहेर समुदायलाई हित हुने स्वास्थ्य शिविर, महिला लक्षित सीपमूलक तालिम, सांस्कृतिक उत्थानका कार्यक्रम र सम्पदा सर–सफाइका कार्यक्रमहरु हरेक बर्ष नियमित संचालन गर्दै आएकोको बताउनु भयो । यसरी समुदायमा आधारित रहेर संचालित सहकारीहरुको हित विपरित नेपाल सरकार र राष्ट्र बैंकबाट जारी निर्देशन तत्काल सशोधन हुनुपर्ने माग गर्नुहु“दै सर–सफाईमा पाल्नुभएका सम्पूण सदस्य र टोलबासीहरुमा धन्यवाद व्यक्त गर्नुभयो ।

 

संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारी तथा स्थानीय जनताको उल्लेख्य सहभागीता रहेको उक्त सरसफाई कार्यक्रममा कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले पनि बोल्नु भएको थियो ।

 

 

 

Leave a Reply