बुटवलको लुम्बिनी, साकोसमा लोकेश्वर साकोसको भ्रमण

0 Shares

 

बुटवल स्थित लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थलगत सहकारी अवलोकन भ्रमण मिति २०८१ चैत्र ४ गते, सोमबारका दिन सम्पन्न गरेको छ । उक्त भ्रमणको औपचारिक कार्यक्रममा दुबै संस्थाहरु बीच सहकारी सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रिया कार्यक्रममा लोकेश्वर साकोसका अध्यक्ष राजन जतिले संस्थाबाट हरेक वर्ष सहकारी अध्ययन अवलोकन गर्दै आएको र सहकारी मैत्रि अध्ययन अवलोकन भ्रमणको सहकारीमा महत्व र उपलब्धीहरुका साथै सदस्यहरुलाई सहकारी दिदै आएको विभिन्न सेवा सुविधा, सांस्कृतिक र सामाजिक उत्तरदायित्व बहन गर्ने गतिविधिहरु सम्बन्धी जानकारी दिनु भएको थियो । हाल सरकारबाट ल्याएको अध्यादेशबाट सहकारीलाई हित नहुने र अध्यादेमा सामवेश संशोधन गर्नुपर्ने बु“दाहरु सम्बन्धी जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिीनी साकोसका व्यवस्थापक विनोदप्रताप जवराले उक्त संस्थामा व्यवस्था भएका विभिन्न बचत तथा ऋण लगायत संस्थाबाट गर्दै आएका विविध गतिविधि सम्बन्धी कुराहरु बताउनु भएको थियो भने सहकारीका अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठले अध्ययन टोलीलाई स्वागत गर्दै सहकारीले स्थापना कालदेखि हालसम्मको अवस्थामा आउदा गर्दै आएको महत्वपूर्ण गतिविधि र प्रगतिको बारेमा जानकारी दिनु भएको थियो । साथै सहकारी अध्ययन भ्रमण गर्नुभएकोमा लोकेश्वर साकोसलाई धन्यावाद दिनुभयो ।

उक्त कार्यक्रमामा दुबै सहकारी संस्थाबाट मायाको चिनो र आर्थिक प्रगति प्रतिवेदनका साथै संस्थाको आ–आफ्नो प्रकाशित बुलेटिन आदान प्रदान भएको थियो ।

Leave a Reply