लोकेश्वर साकोसको नगरस्तरीय टेबल टेनिस प्रतियोगिता शुरु

0 Shares

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा “भक्तपुर नगरस्तरीय टेबल टेनिस प्रतियोगिता–२०८१ शुक्रबारबाट शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहु“दै नगर खेलकुद समितिका पूर्व संयोजक रविन्द्र खर्बुजाले भक्तपुरमा खेलकुद क्षेत्रमा भएको विकासक्रम तथा इतिहास सम्बन्धी छोटो चर्चा गर्दै अगाजहरुले खेलकुद क्षेत्रमा गरेका योगदानहरुको स्मरण गर्नुपर्ने औल्याउनु भयो । खेलकुद क्षेत्रमा युवा तथा नया“ पुस्तालाई आवद्ध गराउन सके सभ्य र सुसंस्कृत समाजको निर्माणमा टेवा पुग्ने भएकोले प्रतियोगिहरु सबैलाई खेल मार्फत उत्कृष्ट प्रतिभा प्रर्दशन गर्न सकोस भनि शुभकामना समेत दिनुभयो ।

 

 

भनपा २ नम्बर वडाका वडा सदस्य श्यामसुन्दर मातांले सहकारी संस्थाबाट सबै उमेर समुहलाई समेत्ने गरी प्रतियोगिताको आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै भक्तपुर नगरपालिकाबाट विभिन्न समयमा गरिएका खेलकुद गतिविधिहरु मार्फत गर्दै आएको जानकारी दिनुभयो । संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तिय कारोबारका अलावा जीवन उपयोगी घरेलु शीपमूलक तालिम, खेलकुद गतिविधि, भौगोलिक अध्ययन, उद्यमशीलताका तालिम, सा“स्कृतिक उत्थानका गतिविधिहरु संचालन गर्दै जानुपर्ने बताउनु भयो । अहिलेको सहकारी संस्थाको अवस्था सम्बन्धी चर्चा गर्दै सरकारबाट सहकारी सम्बन्धी ल्याएको अध्यादेशले सहकारी सिध्याउने षडयन्त्र भएकोले उक्त अध्यादेश खारेजका लागि सम्पूर्ण सहकारीकर्मी एकजुत भई संघर्षमा जुत्नु पर्ने औल्याउनु भयो । भक्तपुर नगर टेबल टेनिस संघका अध्यक्ष इन्द्रभक्त पंचले खेलकुद गतिविधिले स्वास्थ्यलाई हुने लाभका बारे स्पष्ट पार्नुभयो ।

 

युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको कार्यक्रममा प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो । पा“च वटा विभिन्न विधाहरुमा ९६ जना खेलाडीहरु प्रतिस्पर्धी रहेको प्रतियोगितामा २८ वटा विभिन्न सहकारी, विद्यालय र टिम क्लबबाट सहभागीता जनाएको छ ।
प्रतियोगितामा १० जना प्रतिस्पर्धी रहेको छात्रा एकल तर्फ उरवी सुवाल, श्रोणा बासुकला, सेफिना कोजु र रेश्ना कोजु सम्पूर्ण प्रभात इ.से.स्कुलका खेलाडीहरु सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । १४ जना प्रतिस्पर्धी रहेको छात्र एकल कक्षा १० सम्ममा द राइजि· ई.स्कुलका दिपेश सुवाललाई सोहि स्कुलका ओजिल सुवालले र एभरेष्ट ई.स्कुलका निरल बासुकलालाई प्रोक्सिमा इन्टरनेशलन स्कुलका रिजन ख्याजुले पराजित गरि फाइनलमा प्रवेश ग¥यो ।

त्यस्तै १२ जना प्रतिस्पर्धी रहेको मेन्स् सिंगल कलेज समुह तर्फ सिद्धि गणेश साकोसका रजोजमान थकु, श्री छुमा गणेश साकोसका न्हुःज अवाल, ख्वप साकोसका ओशिस दुवाल, रोजन सुवाल र रस्किन आचार्य, भिन्तुना साकोसका न्युनिस सुवाल र लशकुश साकोसका रोशन आचार्य, क्वाटर फाइनलमा प्रवेश गर्न सफल भयो ।
३७ जना प्रतिस्पर्धी रहेको छात्र एकल कक्षा ७ सम्मको खेलमा प्रभात इ.स्कुलका सफल सुवालले प्रोक्सिमा इन्टरनेशनल स्कुलका अनुदिप नेपालीलाई, प्रोक्सिमा इ.स्कुलका अर्वित गाईजुले सोहि स्कुलका युनिक आलेमगर, प्रोक्सिमाकै नयन लालुवाले प्रभातका श्रीयन लाखे तथा लनर्स एकेडेमीका प्रत्युश शिल्पकारले सिद्धि गणेश साकोसका रोनक चित्रकारलाई पराजित गरी सेमीफाइनलमा प्रवेश गर्न सफल भयो । शनिबार ३५ बर्ष माथिका २० जना खेलाडी सम्मिलित मास्टर सिंगलको खेल सहित सम्पूर्ण प्रतियोगिताहरु सम्पन्न गरी पुरस्कार वितरण कार्यक्रम हुने जानकारी संस्थाका पुण्यराम स्वंगमिखाले दिनुभयो ।

Leave a Reply