लोकेश्वर साकोसको २०औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा सोही संस्थाको स्वास्थ्य उप-समितिको आयोजनामा आज भक्तपुर नगरपालिका-२, इताछें गणेश मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा बोल्दै सो संस्थाका अध्यक्ष
राजन जतिले यश संस्थाले स्थापनाकालदेखि नै बचत र ऋण कारोबारका साथसाथै समुदायमा आधारित रही विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । संस्थाको स्थापना दिवसको अवसर पारेर विगतका बर्षहरुदेखि निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्दै आएको उहाँको भनाई थियो । उहाँले गैह्र समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएकोले सहकारी चिनेर मात्र आफ्नो बचत जम्मा गर्न सम्पूर्ण जनसमुदायमा अनुरोध गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा भएको त्यस रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रक्तदान गरेको जानकारी उक संस्थाको स्वास्थ्य उप-समिति संयोजक प्रज्वल खत्रीले दिनुभयो ।
सशध संस्थाको २०औं बार्षिक उत्सव कार्यक्रमकै अवसरमा यही पुस २६ र २७ गते भक्तपुर नगरस्तरीय “अन्तर सहकारी÷विद्यालय÷कलेज÷टिम÷क्लब टेबल टेनिस प्रतियोगिता हुने जानकारी त्यसै संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले दिनुभयो ।