पानस साकोस, बनेपाको १२औं वार्षिक साधारणसभा सम्पन्न , आर्थिक वर्ष २०७६/०७७ मा कुल कारोवार रु.९ करोड ४४ लाख

0 Shares

बनेपा नगरपालिका-८ , काभ्रेपलाञ्चोकमा रहेको पानस बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा २०७७ कार्तिक १८ देखि २४ गतेसम्म सोही संस्थाका अध्यक्ष शुशन राजवंशीको अध्यक्षतामा सहकारी विभागको निर्देशन पालना गरीछछं भर्चुअल माध्यमबाट सम्पन्न भयो । सो साधारणसभाको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष राजवंशीले शेयर सदस्यहरुको माया र सक्रिय सहयोग तथा कर्मचारीहरुले गरेको योगदानका कारण कोरोना महामारीको यस्तो विषम परिस्थितिमा पनि हाम्रो यस पानस बचत तथा ऋण सहकारी संस्था लि. प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । त्यस सभामा सोही संस्थाका सचिव पुष्कर रञ्जितकारले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुमन बैद्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाले उक्त वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थाको शेयर पूँजी रु ९३ लाख १६ हजार , निक्षेप संकलन रु.७ करोड ८३ लाख , कर्जा लगानी रु.६ करोड ९५ लाख , कुल मुनाफा रु.११ लाख ४६ हजार , विभिन्न कोषहरुमा रु.२६ लाख ९७ हजार र कुल कारोवार रु.९ करोड ४४ लाख रहेको सो आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

‘आजको बचतको उद्देश्य-भोलिको भविष्य’ भन्ने नाराका साथ समाजमा छरिएर रहेको स-सानो पूँजीलाई एकीकृत गरी त्यसलाई सदस्यहरु माझ परिचालन गर्दै आएको त्यस संस्थाले बचत तथा ऋण कारोवार साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको छ भने सदस्यहरुलाई रेमिट्यान्स लगायतका सेवा प्रवाह गर्दै आएको छ ।

Leave a Reply