अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को चौथो वार्षिक साधारणसभा सम्पन्न , किशोर महर्जन पुन: अध्यक्षमा चयन , आ.व. २०७६/०७७ मा संस्थाको कुल कारोवार रु.२४ करोड ९ लाख

0 Shares

ललितपुरको महालक्ष्मी नगरपालिका-६, , सिद्धिपुर मा मुख्य कार्यालय र गोदावारी नगरपालिका-१४ , ठैंवमा सदस्य सेवाकेन्द्र रहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को चौथो वार्षिक साधारणसभा यही कार्तिक २० गतेदेखि शुरु भई आज सम्पन्न भएको छ । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न भएको सो साधारणसभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष  किशोर महर्जनले हाम्रो यस अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को बचत तथा ऋण कारोवार तथा गैर वित्तीय कार्य मार्फत आफ्ना शेयर सदस्यहरूको जीवनस्तर माथि उठाउने उद्देश्य अनुरुप कार्य गरी रहेको भन्दै कोरोना महामारीको कारण नेपाल सरकारले गरेको लकडाउनको समयमा पनि यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरेको बताउनुभयो । उहाँले यस संंस्थाले आफ्नो उद्देश्य अनुरुप बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने बारे अध्ययन गरिरहेको बताउनुभयो । त्यस सभामा अध्यक्ष महर्जनले संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष सुदन महर्जनले आर्थिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक कविता महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले ती प्रतिवेदनहरु छलफल गरी पारित गरेको थियो । पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा उक्त संस्थाको शेयर सदस्य संख्या १,१६१ , शेयर पूँजी रु.२, १७ ,,३४ ,०००, निक्षेप संकलन रु.१५ , ५२ ,००,००० र कर्जा लगानी रु.१६,११,००,००० र कुल कारोवार रु.२४, ०९,००,०००  रहेको र सो संस्थाले भवननिर्माणका लागि आफ्नो नाममा महालक्ष्मी नगरपालिका-६, सिद्धिपुरमा ६ आना ३ पैसा जग्गा खरीद गरेको उल्लेख छ ।

त्यस साधारणसभाले पुन: किशोर महर्जनको अध्यक्षतामा सञ्चालक समिति र कविता महर्जनको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा राजु महर्जन , सचिवमा महेन्द्रकुमार महर्जन र कोषाध्यक्षमा सुदन महर्जन तथा सदस्यमा धन गोविन्द महर्जन , राम महर्जन , मुना नेम्कूल , प्रकाश महर्जन र यशु महर्जन हुनुहुन्छ भने  लेखा सुपरीवेक्षण समितिको सदस्यमा अजय महर्जन र डेल्टा राजोपाध्याय  चयन हुनुभएको छ ।

आफ्ना शेयर सदस्यहरुलाई मोवाइल बैंकिङ्ग तथा रेमिट्यिन्स सेवा प्रवाह गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको सो संस्था गत आर्थिक वर्ष बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरबाट उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भएको थियो ।

 

 

 

Leave a Reply