तिहारको किनमेललाई रोकेन कोरोनाले , यस वर्षको भाइटिकाको साइत मंसीर १ गते विहान ११ बजे

0 Shares

नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार हिजोबाट शुरु भएको छ ‌। यमपञ्चकको नामले समेत चिनिने तिहारको  पहिलो दिन शुक्रवार सन्देश बाहक पङ्छी कागको पुजा गरिएको थियो भने आज रक्षकको रुपमा चिनिने जनावर कुकुरको पुजा गरिन्छ । फुलको पर्व तिहार शुरु भएसँगै गाउँ शहर रङ्गीचङ्गी भएका छन् । साइत खोज्नेहरुका लागि यस वर्षको भाइटिकाको साइत २०७७ मंसीर १ गते विहान ११ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तिहारको लागि किनमेल गर्ने हरुको बजारमा हिजो भिडभाड देखिन्थ्यो । काठमाडौं उपत्यका भित्रका असन , न्युरोड , बालाजुको माछाापोखरी लगायतका विभिन्न स्थानहरुमा किनमेल गर्नेेहरुको घुइचो देखिन्थ्यो तर सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी निरीह जस्ता देखिन्थे । सरकारले कोरोना महामारीका कारण दुरी कायम गर्नु पर्ने भने पनि बजारमा त्यस्तो देखिएन । किनमेलका लागि सडकमा भेटिएका कतििपयको बुझाईमा कोरोना महामारीको समस्या छ तर त्यो समस्या भए भन्दा बढी त्रास सञ्चार माध्यमहरुले फैलाएको भन्ने बुझाई रहेको देखिन्छ ‌। सार्वजनिक यातायातका सवारी साधनमा सवार यात्रुहरुको भिडभाड पनि उस्तै देखिन्छ ।

यता नेपाल सरकार , प्रदेश सरकारहरु तथा महालक्ष्मी नगरपालिका सहितका स्थानीय तहहरुले कोरोना संंक्रमणको जोखिमबाट सुरक्षित भई पर्व मनाउन आग्रह गरिरहेका छन् ।

………………………………………………………………..

नेपालीहरुको दोस्रो महान पर्व तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख , शान्ति , उत्तरोतर प्रगति ,  सु-स्वास्थ्य एवं  दीर्घायुको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

सहकारी सञ्जाल परिवार

………………………………………………………………..

 

 

 

Leave a Reply