नेपाल सम्वत ११४१ शुभारम्भ र तिहारको अवसरमा यशोधर साकोसले ग-यो सरसफाई

ललितपुर महानगरपालिका-१६ , बुबहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि. ले नेपाल सम्वत ११४१ शुभारम्भ तथा तिहारको पावन अवसरमा सो संस्थाको कार्यालय आसपासको टोल २०७७ कार्तिक २९ गते सरसफाई गरेको छ । उक्त संस्थाको सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा उपसमितिहरुका पदाधिकारी तथा सदस्य , कर्मचारी तथा शेयर सदस्हयरु लगायतले सुरक्षित तवरबाट सरसफाई गरेका थिए । त्यस अवसरमा एक अर्कामा शुभकामना आदान प्रदान पनि गरिएको थियो । २०७७ कार्तिक २५ गतेसम्म सो संस्थाको शेयर सदस्य संख्या ४५८ , शेयर पूँजी रु.५१,८७,००० , कूल बचत रु.७,३०,१३,६८९/५३ र कूल लगानी रु.६,११,०५,६९१ रहेको सोही संस्थाका प्रवन्धक सुनिल रत्न बज्राचार्यले बताउनुभयो
स्थानीय समुदायमा आधारित सो संस्थाको २०७७ कार्तिक १ गते १३औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सहकारी विभागको निर्देशन पालना गरी सोही संस्थाका अध्यक्ष बाबुराज बज्राचार्यको अध्यक्षतामा सम्पन्न त्यस साधारणसभामा त्यसै संस्थाका सचिव सुनिल रत्न बज्राचार्यले वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक नविनराज बज्राचार्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र बज्राचार्यले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले छलफल गरी ती प्रतिवेदनहरु पारित गरेको थियो । ती प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा महिला २३७ र पुरुष २११ गरी शेयर सदस्य संख्या ४३८ , शेयर पूँजी रु.५१,३८,५०० , निक्षेप संकलन रु.७,०६,१९,५६४/६० र ऋण प्रवाह रु.६,४९,५१,०९३/६८ उल्लेख छ ।
बचत तथा ऋण कारोवारसँगै सो संस्थाले सामाजिक उत्तरदियित्व अन्तर्गत विभिन्न रचानात्मक कार्यक्रम गर्दै आएको छ ।
……………………………………………………………….

