छहारी साकोस , गाम्चाको कुल कारोवार रु.३१,१३,७८,४३४

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका- ४, गाम्चा चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको छहारी बचत तथा ऋण सहकारी संस्था लि.को २०७७ मंसीर ३ गतेसम्म कुल कारोवार रु.३१,१३,७८,४३४ पुगेको सो संस्थाले जनाएको छ । सोही संस्थाका प्रबन्धक अजय अधिकारीले यस संस्थाको २०७७ मंसीर ३ गतेसम्म शेयर सदस्य संख्या ४,१३७ , शेयर पूँजी रु.२,५५,५३,१०० , निक्षेप संकलन रु.२३,५६,११,४१४ र कर्जा लगानी रु.२५,७५,२६,०५७ रहेको सहकारी सञ्जाललाई बताउनुभयो ।

उक्त संस्थाको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको प्रमुख आतिथ्यतामा २०७७ कार्तिक २२ गते १०औं वार्षिक साधारणसभा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सोही संस्थाका अध्यक्ष कृष्णहरि खड्काको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि थापाले छहारी साकोसले गरिरहेको प्रगति र यसले वित्तीय सेवा प्रवाह गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन गरेको प्रयास देख्ता आफूलाई खुशीको लागेको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले सहकारीको विकास र प्रवरद्धन गर्ने गरी कार्य गरिहेको छ भन्नुभयो । त्यस अवसरमा सो संस्थाका अध्यक्ष खड्काले त्यसै संस्थाको प्रतिवेदन पेश गर्दै कोभिड-१९ को महामारीको चुनौतिपूर्ण अवस्थामा पनि   यस छहारी बचत तथा ऋण सहकारी संस्था लि. आफ्ना शेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको योगदानका कारण निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो । उहाँले सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको केही वडामा कार्यक्षेत्र रहेको यस संस्थाको कार्यक्षेत्र भक्तपुर जिल्लाभरी विस्तारका लागि सम्बन्धित  निकायमा पहल भइरहेको बताउनुभयो । यस संस्थाबाट ‘शेयर सदस्य ज्यूहरुको सेवा सुविधाका लागि विद्युतीय माध्यमबाट घरमै बसी छहारी मोवाइल बैंकिङ्ग मार्फत टेलिफोन , मोवाइल , विद्युत , पानी , ईन्टरनेट ,टी.भी. लगायतको विल भुक्तानी गर्नुको साथै नेपालभर रहेका बैंकहरुमा रकम ट्रान्सफर गर्ने सुविधा पनि उपलब्ध गराइएको उहाँको भनाई थियो । आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थामा शेयर सदस्य संख्या ३,९९९ , शेयर रकम रु.२,४७,१६,१०० , निक्षेप संकलन रु.२३,४१,३०,,३८९/१० , ऋण लगानी रु.२४,३२,८४,७४१ , आम्दानी रु.२,६७,४६,३४१/९२ , खर्च रु.२,४१,३१,९४२//१५ , सञ्चित नाफा रु.२६,१४,३९,९/७७ रहेको उहाँको कथन थियो । उक्त साधारणसभाले छलफल गरी सो संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो ।

Leave a Reply