गाम्चा साकोस , गाम्चाको शेयर सदस्य संख्या २,९०५ , सो संस्थाले ग-यो अशक्त शेयर सदस्यको ऋण मिनाहा

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका-४ , गाम्चा चोकमा २०७७ भदौ १ गतेबाट आफ्नै भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को २०७७ मंसीर ३ गतेसम्म शैयर सदस्य संख्या २,९०५ रहेको जनाइएको छ । सोही संस्थाकी प्रबन्धक निता अधिकारी सुवेदीले यही मंसीर ३ गतेसम्म हाम्रो यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को शेयर पूँजी रु.२ करोड ५० लाख , निक्षेप संकलन रु.१३ करोड , कर्जा लगानी रु.११ करोड र कूल कारोवार रु.२५ करोड रहेको छ भन्नुभयो । उहाँले यस संस्थाकी शेयर सदस्य रुकु थापा मधुमेहबाट ग्रसित भई खुट्टा गुमाउनु परेकोले उहाँले यस संस्थाबाट लिएको ऋणको सावाँ र व्याज सहित रु.४७,००० मिनाहा गरिएको बताउनुभयो ।

Leave a Reply