मुक्तिनाथ विकास बैंक लि. युरोपियन माइक्रोफाइनान्स अवार्ड-२०७७ को बन्यो विजेता
नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजत पाएको मुक्तिनाथ विकास बैंक लि. लक्जमवर्गमा ३७ देशका ७० वटा संस्थाहरु को सहभागितामा सम्पन्न भएको ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड -२०२०’ को विजेता बनेको जनाइएको छ । सो बैंकले आफ्ना ११८ वटा शाखाहरु मार्फत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुलाई प्रत्यक्ष रुपमा साना तथा लघु बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ । त्ससमा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरिरहेको नवीनतम र समावेशी ग्राहक बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धानबाट त्यस बैंकलाई उक्त अवार्ड सहित १ लाख युरो प्रदान गरिएको थियो ।
सो बैंकले रु.१७ अर्ब भन्दा बढी लगानी गरेको बताइएको छ ।
………………………………………………………………

