स्मरण साकोस , अनामनगरको कूल कारोवार रु.१६,१७,८९,९३०
काठमाडौं महानगरपालिका-२९ , अनामनगरमा रहेको स्मरण बचत तथा ऋण सहकारी संस्था लि.को २०७७ मंसीर ५ गतेसम्म कूल कारोवार रु.१६,१७,८९,९३० रहेको उक्त संस्थाले जनाएको छ । सोही संस्थाका व्यवस्थापक निर्मल प्रसाद हुमागाईले यही मंसीर ५ गतेसम्म हाम्रो यस संस्थाको शेयर सदस्य संख्या १,०७५ , शेयर पूँजी रु.१,८०,४८,१०० , बचत संकलन रु.१२,६५,००,००० र विभिन्न कोषमा रु.१,२६,५०,००० रहेको सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले यस संस्थाले कोरोना महामारीका कारण सरकारले लकडाउन गरेदेखि यसबेलासम्म यस संस्थाले भाका नाघेको कर्जाको हर्जाना नलिएको , लकडाउन भएको चैत , बैशाख र जेठ महिनामा किस्ता समेत तिर्ने ऋणी सदस्यलाई १५ प्रतिशत व्याज छुट र व्याज मात्रै बुझाउने ऋणी सदस्यलाई उक्त ३ महिनाको १० प्रतिशत व्याज छुट दिनुका साथै लकडाउन तथा निशेधाज्ञाको समयावधिमा साह्रै समस्यामा परेका १७६ जना शेयर सदस्यलाई घरदैलोमा नै पुगेर सेवा प्रवाह ग-यो भन्नुभयो । कोरोना वीमा गर्न इच्छुक आफ्ना १७६ जना शेयर सदस्यहरुलाई उक्त वीमाका लागि यो संस्थाले ५० प्रतिशत रुपैया तिरी दिएको उहाँको भनाई थियो ।

सो संस्थाको २०७७ असोज २४ देखि कार्तिक १ गतेसम्म १२औं वार्षिक साधारणसभा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सोही संस्थाका अध्यक्ष ठाकुरप्रसाद त्रिपाठीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । उक्त साधारणसभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष त्रिपाठीले हाम्रो यस स्मरण बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनद्वारा सञ्चालन भइरहेको प्रोफेशनल कार्यक्रममा सहभागी भई प्रोवेशनको पर्ल्स र सूचाङ्क जस्ता विष लाई पालना गरी सहकारी नीति र पद्दतिलाई आत्मसात गरी सञ्चालन भएकोले कोरोना महामारी जस्तो भयाभह अवस्थामा पनि हाम्ररो यो संस्था प्रगतिपथमा अगाडि बढ्न सकेको बताउनुभयो ।

त्यस साधारणसभामा त्यसै संस्थाका सचिव लीलानाथ गौतमले संस्थाको सांगठानिक प्रतिवेदन , कोषाध्यक्ष शंकरप्रसाद ढकालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक किरण भट्टराईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । ती प्रतिवेदनहरु छलफल गरी साधारणसभाले पारित गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा त्यस संस्थाको शेयर पूँजी रु १,७५,२०,२०० , शेयर सदस्य संख्या १,०५० , निक्षेप संकलन रु.१२,५१,२९,०५५ र पूँजी तथा दायित्व तर्फ रु.१५,७५,३६,४९९ रहेको साधारण सभाद्वारा पारित प्रतिवेदनमा उल्लेख छ ।

