रु.५० लाखसम्म उद्यमी कर्जा प्रवाह गर्ने तयारी गर्दै लामोसाँघु साकोस, सिन्धुपाल्चोक

0 Shares

गत वर्षदेखि आफ्नै भवनबाट सञ्चालन हूँदै आएको सिन्धुपाल्चोकको  लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लि.ले साना किसान विकास वित्तीय लघुवित्त लि.सँगको साझेदारीमा पशुपालन तथा तरकारी खेती लगायतको कृषिमा रु.५० लाख सम्मको उद्यमी कर्जा प्रवाह गर्ने तयारी भई रहेको जनाएको छ । पशुपालान , कृषि , साना तथा मझौला ब्यबसाय ,  सीपमुलक र उत्पानमुलक क्षेत्रमा कर्जा प्रवाह गरिरहेको सो संस्थाको आयोजना र साना किसान विकास वित्तीय लघुवित्त लि.को वित्तीय सहयोगमा लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिका पदाधिकारी तथा सदस्य , शेयर सदस्य , कर्मचारी लगायतको सहभागिता रहेको काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा उक्त संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले सो जानकारी दिनुभएको थियो । ‘हाम्रो यो संस्थाले वित्तीय कारोवारका अतिरिक्त विगतका वर्षदेखि कृषकहरुलाई सहुलियत दरमा वीऊविजन तथा रासियनिक मल  विक्री वितरण गर्नुका साथै  यसले पशुपालन, तरकारी खेती लगायतको  कृषि तथा पशुपालनमा सहुुुुुलियत दरमा कर्जा प्रवाह गरी सदस्यका जीवनस्तर उठाउन सहयोग पुग्ने गरी गतिबिधि सञ्चालन गरिरहेको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

 उक्त संस्थाका शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले सो कर्जा  प्रवाह गर्न  गर्न लागेको बताइएको छ । यस संस्थाले ब्यवसायिक योजना निमार्ण गरिरहेकोले सोही अनुरुप केही समय पछि नै  मासु तथा दुग्धजन्य कर्जा , स्वालम्बन कर्जा,  तरकारी खेती लगायतको कर्जा प्रवाह गरी सदस्यलाई उत्पादनमूलक कार्यमा यस संस्थाका सदस्यहरुलाई जोडने उद्देश्य रहेको ब्यबस्थापक बि.क. को भनाई छ ।

Leave a Reply